back
CTIZAN AD

कोपिला डाली

वि.सं.२०८० फागुन ५ शनिवार

1.3K 

shares

गणेश लोहनी, चितवन हाल-काठमाडौं


कर्कलाको पानी जस्तो चोला मानिसको
कालले प्राण हरेपछि, नाता रहँदैन मरेपछि
जीवन किन यति सस्तो होला मानिसको


आफन्तकै भीडमा छ टोला मानिसको
अरुको घर डढाएर आगो ताप्नेको कमि छैन
बल्झँदोछ सँधै गानु–गोला मानिसको


खै कसरी जोडियो यो जोला मानिसको
जीवन साथि मानेकैले साथ दिँदैन अन्त्य सम्म
छट्टु रहेछ यो दुनियाँ भोला मानिसको


सकार्ला को जिजीवीषाको झोला मानिसको
बोकि सहयात्राको भ्रम नितान्त एक्लो जाने छ क्रम
कहाँ बन्ला चिरनिन्द्राको सोला मानिसको


जिन्दगीको मैलो कसले धोला मानिसको
यीनै प्रश्न उठिरहन्छन् अग्नि स्नान नगरुन्जेल
चिता नजिक बसेर को रोला मानिसको

वि.सं.२०८० फागुन ५ शनिवार ०७:५३ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...