लक्ष्मीप्रसाद फुयाल, पथरी, मोरङ
म लड्छु आज आँटले डरे मुलुक जलाउँछन्
भरेर पेट भ्रष्टले छलेर लाज पचाउँछन्
बढेछ आज रोग झैं हियो भयो छियाँ छिया
नबस्नु चूप चाप लौ उजाड देश बनाउँछन्
थिए कयौं उद्योग ती निलेर छिन्न भिन्न भो
छलेर देश सम्पदा विदेशमा लुकाउँछन्
हिजो उँचो इमान थ्योे गयो कता बहादुरी
अखण्ड खण्ड पार्नमा कुटील झन् रमाउँछन्
घना बनेर टाकुरा बाँझै छ खेत पारिला
बसेर खान पल्किदा युवा खाडी पठाउँछन्
युवा सबै विदेशमा न बाल बृद्ध छन् सुखी
छ वेदना वियोगको रहर वली चढाउँछन्
बहर : हजज मुसम्मन मक्बुज बहर
अर्कान : १२१२ १२१२ १२१२ १२१२
वि.सं.२०८० फागुन ५ शनिवार ०७:५४ मा प्रकाशित






























