back
CTIZAN AD

कविता : अँध्यारोको राज

वि.सं.२०८० फागुन ५ शनिवार

1.6K 

shares

कुञ्ज देवी उपाध्याय,शिवसागर, असम

स्वर्ग छ छैन् कोही जान्दैन
पेटमा भएको सन्तानको लिङ्ग निरुपण
नगर्ने कुरा कसैले मान्दैन
जीवनका घात प्रतिघात नाघ्ने सपना देख्ने मान्छे
आँफु मात्र आफ्नो साथी भन्ने कुरा
किन अझैसम्म मान्दैन !

टाउको माथि एउटा आकाश छ
पैताला मुनि छ जमीन
अनुभवमा छ बतासको गति
तिनीहरू सँग हिँड्छु उडान भर्न

मैँले खोजे जस्तै गरी बग्दैन नदी
म बग्नु पर्छ त्यसको गतिसँग
प्रत्याह्वान झेल्दै
समयको चौबन्दी चोलो लगाएर

आज दैवकी छैनन्
एक एक सन्तान हत्याराको हातमा राखी दिने
तर
घर घरका सन्तानको रगतमा पसेको छ कंस
आमाहरुको वास्तविक रूपमा अपमान गर्न

प्रकृतिको अपरिवर्तनीय प्रतिबद्धता छ
दिनदिनै परिवर्तित हुँदै आयो मान्छे
उज्यालोको आडमा लुकेर
मितेरी गास्छ अँध्यारो सँग

आमाको मुटु बेचेर उज्यालो विलय हुन्छ
अँध्यारो रमाउँछ
अत्याउछ
ज्योती भागेर जान्छ
नआउने गरि ।

 

वि.सं.२०८० फागुन ५ शनिवार ०७:५५ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...