कुञ्ज देवी उपाध्याय,शिवसागर, असम
स्वर्ग छ छैन् कोही जान्दैन
पेटमा भएको सन्तानको लिङ्ग निरुपण
नगर्ने कुरा कसैले मान्दैन
जीवनका घात प्रतिघात नाघ्ने सपना देख्ने मान्छे
आँफु मात्र आफ्नो साथी भन्ने कुरा
किन अझैसम्म मान्दैन !
टाउको माथि एउटा आकाश छ
पैताला मुनि छ जमीन
अनुभवमा छ बतासको गति
तिनीहरू सँग हिँड्छु उडान भर्न
मैँले खोजे जस्तै गरी बग्दैन नदी
म बग्नु पर्छ त्यसको गतिसँग
प्रत्याह्वान झेल्दै
समयको चौबन्दी चोलो लगाएर
आज दैवकी छैनन्
एक एक सन्तान हत्याराको हातमा राखी दिने
तर
घर घरका सन्तानको रगतमा पसेको छ कंस
आमाहरुको वास्तविक रूपमा अपमान गर्न
प्रकृतिको अपरिवर्तनीय प्रतिबद्धता छ
दिनदिनै परिवर्तित हुँदै आयो मान्छे
उज्यालोको आडमा लुकेर
मितेरी गास्छ अँध्यारो सँग
आमाको मुटु बेचेर उज्यालो विलय हुन्छ
अँध्यारो रमाउँछ
अत्याउछ
ज्योती भागेर जान्छ
नआउने गरि ।
वि.सं.२०८० फागुन ५ शनिवार ०७:५५ मा प्रकाशित






























