back
CTIZAN AD

नयाँ कार्यसमितिको चयन गर्दै साहित्य सुधाको पाँचौँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८० फागुन ८ मंगलवार

1.2K 

shares

काठमाडौं । साहित्य सुधाको पाँचौँ वार्षिकोत्सव नयाँ कार्यसमितिको चयन गर्दै भव्यताका साथ सम्पन्न भएको छ ।

ग्रीन फिल रेष्टुरेण्ट पुतलीसडकको सभा कक्षमा सोमबार सम्पन्न उक्त वार्षिकोत्सव कार्यक्रममा संस्थापक अध्यक्ष कल्पना काफ्लेको सभापतित्व, कृष्णदेव रिमालको उद्घोषण र प्रा.डा बिष्णुविभु घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो. ।

संरक्षकद्वय–प्रा.डा रामप्रसाद ज्ञवाली, प्रा.डा देवी नेपाल, पुरस्कार संस्थापक अध्यात्म चिन्तक तथा कवि हरिभक्त सिग्देल, सम्मानित÷पुरस्कृत व्यक्तित्व महाकाव्यकार सीता भट्टराई, सशक्त पद्य कवि प्रह्लाद पोख्रेल, मुक्तक प्रतिष्ठानका अध्यक्ष मुक्तककार रामकाजी कोने, गत साल सम्मानित महाकाव्यकार चन्द्रप्रसाद न्यौपाने, सल्लाहकार तथा मुक्तककार रमेश पौडेल, लिलाध्वज थापा प्रतिष्ठानका संस्थापक अध्यक्ष विजयध्वज थापा, मुक्तककार सुनिल अधिकारी, प्रा.डा गोविन्दमानसिँ कार्की, सिस्नोपानीका अध्यक्ष लक्ष्मण गाम्नागे, डा.वासुदेव काफ्ले,मदन नेपालको विशिष्ठ आतिथ्यता रहेको थियो ।

सम्मानित व्यक्तित्वको विशद परिचय देवी नेपालबाट भए लगत्तै सभापति, पुरस्कार संस्थापक, प्रमुख अतिथिबाट सम्मानित पुरस्कृत गरियो । लगत्तै सम्मानित व्यक्तित्व सीता भट्टराईले प्राप्त गरेको पुरस्कार राशि १५,००० हजारमा १०,००० हजार थप गरी संस्थालाई पुरस्कृत गरेकी थिइन् ।

मञ्चमा आसीन सबैबाट आ–आफ्ना मन्तव्य व्यक्त भएपछि रचना वाचन सुरु भएको थियो । वाचकहरू–लक्ष्मण गाम्नागे, दुर्गाप्रसाद सिग्देल,कृष्णप्रसाद प्रसाई, डिल्लीप्रसा मुल्तिउन्, जानुका गुरागई, पवित्रा दाहाल,बिष्णुप्रसाद आचार्य, श्रीराम राई,बोधकुमार पौडेल,पूजन मिश्र रहे भने वाचकलाई आआफ्ना फोटासमेतका कप उपहार प्रदान अध्यक्षमार्फत भएको थियो ।

उक्त कार्यक्रमपछि दोस्रो चरणमा कार्यसमितिको हेरफेरसमेत गरिएको थियो । पहिला सचिव रहेकी इन्दिरा दाहाल कोषध्यक्षमा बसिन् भने मुकेश रिजाल सदस्यमा, सचिवमा कृष्णदेव रिमाल आए भने जानुका गुरागाई र डिल्लीप्रसाद मुल्तिउन् सदस्यमा नवागम भएको थियो ।

साहित्य सुधा नेपालकी कल्पनाकार कवि मनीषा प्रसाई हुन् ।

वि.सं.२०८० फागुन ८ मंगलवार १८:२९ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...