back
CTIZAN AD

लघुकथा : आश्वस्त

वि.सं.२०८१ असार २२ शनिवार

1.2K 

shares

डा. विदुर चालिसे, काठमाडौं

समारोह के सुरू भएको थियो । माइक समाउन नपाइकनै उद्घोषकको मुक्त कण्ठ खुल्न थाल्यो । अघिपछि लजाएर बोल्दै नबोली घुरिरहने उद्घोषक तबलाको टम टम, टमा टम, ता धि धि धि ता नि ध गरेर प्रमुख अतिथिको प्रसस्ती पढ्न थाले ।

‘हाम्रा अति समादरणीय अपूर्व माननीय, यो राष्ट्रका नायक, जनताका गीतका गायक, नेतृत्वका लायक भोगराजज्यूलाई आशन ग्रहण गर्न अनुरोध गर्दछु !’

भोगराजज्यूको टाउकोको सिउर खुब अग्लियो । उनी टाउको र मुण्टो हल्लाउँदै मछलीको जल नृत्यको शैलीमा भीडभाडमा तरङ्गित हुँदै मञ्चको छेउमा पुगे । आशनमा गणेशजी पारामा बसेर एलिशेसन कुकुरले झैँ टाउको हल्लाइरहे । उनको वरपर साधु आमाहरू, स्वर्ण सुन्दरीहरू, आशामुखी अवलाहरू एवं लज्जाले भुतुक्क भएका यौवनाहरू छेउछाउ पुगेर कानेखुसी गरिरहेका थिए । अपूर्वज्यू वाल्ल परेर जीवनको कुनै विचारले ग्रस्त भएर घुरिरहेका थिए । यत्तिकैमा गणेशको छुचुन्द्रो आएर चिँ चिँ गर्दै कराएर भन्यो ।

‘उता जान हतार भयो, हजुर !’

‘कहाँ जान ?’
‘भगवान् माता पिताको सेवामा !’

नाडीको घडिमा साँझ परिसकेको थियो । धैर्यवान जनताहरू हरेक वक्ताको भाषणमा ताली ठोकिरहन्थे । तालीको आवाज परपरसम्म सुनिन्थ्यो । झर्काे लाग्नेहरू दायाँ बायाँ सडकतिर ओहरदोहर गरिरहेका थिए । यत्तिकैमा लामो समारोहका बिच अपूर्वज्यूले देश देशावर फुक्न थाले ।

‘विकास त तपाईं हाम्रो पालामै सम्भव छ !’

सबै दर्शक हौसिए । तिनको मुखबाट निस्किरहेको आशामुखी ज्वारको धुलो हावाजस्तै उडिरहेको थियो । मनमनै एकछिन भए पनि आत्मरति गरेर सबै घर फर्के । घरको छेउछाउ पुग्न नपाउँदै सबैले सुने ।

‘नुन, अब नपाइने भयो !’

बुढाबुढीहरू आत्तिएर कराए ।

‘अरूको नुन खानेले देश बनाउँछ त ? विकास सम्भव हुनु !’

तिनीहरूसँग एकछिन अगाडि भरिएको पूरापूर उत्साह, उमङ्ग र पत्यारका कथनले ठडिएको सिउर एकाएक झुक्यो। बाटोमै उफ्रे ।

‘हाम्रो पालामा अब केही सम्भब छैन !’

झण्डा बोकिरहेको लुर्लुरे हल्लाखल्ला गरेर उफ्रिरहेको थियो ।

‘यो हाम्रो पकेट भोट एरिया हो, यार !’

 

 

वि.सं.२०८१ असार २२ शनिवार ०७:३३ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...