back
CTIZAN AD

मुक्तक

वि.सं.२०८१ असार २२ शनिवार

1.4K 

shares

उत्तम विचार, टोखा, काठमाडौं

१.
जित आउँछ जिन्दगीमा हार आउँछ
बगर आउँछ नदीसँगै किनार आउँछ
यदाकदा आउने हैनन् ती पाहुनासरि
दुःख दोहोरिन्छ जो बारम्बार आउँछ ।

२.
आफ्नाको साथ र समर्थनविनाको
मुटुको अर्थ रहन्न धड्कनविनाको
खुल्ला किताब भनिन्छ त्यसैले त
के होला र जिन्दगी दर्शनविनाको ।

३.
कोदाली, हलो जुवा फाली बिर्सँनेले
के लाउँलान् र खेती आली बिर्सँनेले
अरूलाई आचरणको पाठ नपढाऊन्
समाउने हाँगो र टेक्ने डाली बिर्सँनेले ।

४.
यो गर्छु त्यो गर्छु बखान भएको छ
राजनीतिले देश हैरान भएको छ
राष्ट्रिय परिचयपत्र सजिलै नपाउने
भन्छन् यो देश मुग्लान भएको छ ।

५.
संसदीय खेल लाजको पसारो भो
पोथीविनै गुंँडमा अण्डा ओथारो भो
इमान इज्जत कथा हुनुको कारण
गरिएका सम्झौता सबै उधारो भो ।

 

 

 

वि.सं.२०८१ असार २२ शनिवार ०७:३५ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...