back
CTIZAN AD

कविता : विभेद

वि.सं.२०८१ साउन १२ शनिवार

1.3K 

shares

कल्पना पौडेल ’जिज्ञासु’, खजुरा बाँके

तिमी पनि मानव,
म पनि मानव ।
छुत अछुतको कठबार
जातको प्रश्न र विभेदको उत्तर
जातीय विभाजक रेखाले विभक्त
परम्पराको खोलभित्र
अपारदर्शी काँडेतारले कोतर्दैगर्दा
प्रेमको अनुभूति गर्दै
खुशीका लालीमा छर्न किन सकिँदैन ?
मान्छेले मान्छेबीच अँगालोमा कस्न किन सकिँदैन ?
दुई हात जोडेर
शिष्टाचार पस्किनका लागि !
हैसियत र प्रतिष्ठाको भाँजो हालेर
वर्ग र जातको कुरुप करौंतीले
सामाजिक जुइनो चुडाल्दा,
म प्रश्न गर्छु साथी
हाम्रो जात फरक फरक किन ?
हाम्रो वर्ग फरक किन?
दलितको लाहाछाप
गरीबको उपनाम
तिरस्कारको खञ्जर
किन ? किन ? किन ?
इमान र जमान,
अनि नैतिकताले कङ्गाल !
तिनै मान्छेहरू
कथित उच्च र निम्न जातकै कारणले
हीन विचारको जस्केलाबाट
प्रतिष्ठाको रवाफ डकारिरहेका छन्
किन ? किन ? किन?
सिङ्गो जगतकोः
घाम उही हो, जून उही हो ।
धर्ती उही हो, नुन उही हो ।
आत्मा उही हो, खुन उही हो ।
नियम उही हो, कानुन उही हो !
तर, मान्छे मान्छे बीचमा,
यति धेरै फरक किन ?
भावना र आत्मा
हैसियत आचरण
मूल्य र मान्यता
मर्यादा र प्रतिष्ठा
आचरण विचरण
इमानर जमान
नीति र नैतिकता
सबै सबै फरक किन ?
एकै धर्तिका मान्छे मान्छे फरक किन ?
के कारण फरक ?
कसरी फरक ?
कस्ले दिन्छ यसको जवाफ ?
मानव सभ्यताको युगले मागिरहेको छ…
कसले दिन्छ यसको जवाफ ?

 

वि.सं.२०८१ साउन १२ शनिवार ०८:५० मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...