back
CTIZAN AD

शीर्षक : कविता

वि.सं.२०८१ कात्तिक १७ शनिवार

1.4K 

shares

कविराज घिमिरे, चाँगुनारायण, भक्तपुर

सन्दर्भ मिल्दछ भने अनि काव्य बन्छ ।
औचित्य छैन गतिलो तब व्यर्थ हुन्छ ।।
के काम त्यो जब पसी मनमा छुँदैन
लेखेरमात्र कविता, कविता हुँदैन ।।१

कुल्चेर भाव दिलमा गतिरोध आए ।
जो चाहिने रस उतै निमठी पठाए ।।
झर्को र झन्झट घृणा मनमा दिएमा
के काम लेख्नु कविता बिलिनो भएमा ।।२

मस्तिष्कमा विलय हुन् कविका प्रसङ्ग ।
आलस्य भाग्न बल होस् मन होस् तरङ्ग ।।
कर्तव्य बोध कविता सजिलै दिलाओस् ।
सन्देश बोक्न हितको मन चञ्चलाओस् ।।३

स्वाधीन होस् लय विधान समग्र मिल्दो ।
भावार्थ बुझ्न सकियोस् न रहोस् अमिल्दो ।।
जो शक्तिको परमभक्त बनेर हिँड्छ ।
लौरो बजाउन सकोस् कविता कहिन्छ ।।४

आदेश बन्छ कविता जब गिर्छ मान्छे ।
छोड्दैन साथ कविता जब पिर्छ मान्छे ।।
पार्नेछ भ्रष्ट खलको व्यवहार नाङ्गो ।
सोझ्याउने छ कविता जब देख्छ बाङ्गो ।।५

छन्द ः वसन्ततिलका

वि.सं.२०८१ कात्तिक १७ शनिवार ०५:३९ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...