back
CTIZAN AD

गजल

वि.सं.२०८१ कात्तिक १७ शनिवार

1K 

shares

डा. घनश्याम परिश्रमी

चमेली, जुही फुल्न छाडे कि क्या हो
फुलेका कुसुम हेर्नू मेरो नसा हो

म सिक्दै छु बोल्ने कला नातिबाट
यहाँ काम के हुन्छ, गर्ने कला हो

दबायो कसैले, दबेको छ कोही
चलेको पुरातन यही सिलसिला हो

तिमी हात मल्ने कलाकार दक्ष
र मालिकले केवल मुसार्ने जुँगा हो

धनीका कथामा झुटोपन मिसिन्छ
गरिबको कथा जिन्दगीको कथा हो

सबै धर्मको सार आखिर हो यत्ती
सेवा धर्म हो, देवताको पूजा हो

अँध्यारो कहाँ जूनकिरीले हटाओस्
सलेदो जलेरै त बल्ने शिखा हो

बहर : मुतकारिब मुसम्मन सालिम

अर्कान : फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्

वजन : १२२, १२२, १२२, १२२

साभार : निभेको शिखा, गजल सङ्ग्रह

 

वि.सं.२०८१ कात्तिक १७ शनिवार ०५:४४ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...