back

सुसेली

वि.सं.२०८१ मंसिर २९ शनिवार

309 

shares
GLOBAL IME AD
NTC AD

रामशरण न्यौपाने, भक्तपुर

चमत्कार छ
सुसेलीको कोसेली
धुवाँधार छ ।१

सुभाषिणीको
सुसेलीमा रस छ
मन्दाकिनीको ।२

सुसेली परी
गहनाले धपक्कै
हुन्छे सुन्दरी ।३

नव रसमा
सुसेलीले दुनिया
पार्छिन् वशमा,४

मुरीका मुरी
सुसेलीमा घुल्दछ
रसमाधुरी ।५

गोदावरीको
सुसेली हो सङ्गीत
रानी चरीको ।६

आपस जुट्ने
सुसेलीको मोहनी
हुन्छ नछुट्ने ।७

आफ्नै ठानेर
नचाउँछ सुसेली
हात तानेर ।८

कविता भल
त्रिवेणी हो सुसेली
गीत गजल ।९

खुसी लुटेर
सुसेलीमा रमाऔँ
सबै जुटेर ।१०

 

वि.सं.२०८१ मंसिर २९ शनिवार ०८:४६ मा प्रकाशित

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

काठमाडौं । बङ्गलादेशमा सम्पन्न अन्तराष्ट्रिय साहित्य सम्मेलन २०२५ मा नेपालबाट...

चारु राग विराग

चारु राग विराग

डिल्ली राज घिमिरे, अर्घाखाँची हुन् गौतम बुद्ध मान हेर हाम्रो...

गजल

गजल

बिष्णुकुमार बराइली मिरिक, दार्जीलिङ ऊ सोच्छ आफैँ बनेछु नायक छ...

गजल

गजल

उत्तम विचार, नुवाकोट ठुला मान्छे दम्भ गर्छन् र सानाको अर्थ...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. अनेकतामा एकता बनाऊँ शत्रुसामु कहिल्यै नझुक्ने...

कविता : देशप्रेम

कविता : देशप्रेम

कलानिधि दाहाल, काठमाडौं हुँदैन राष्ट्रसाँध यो विशाल विश्व राष्ट्र हो...