back
CTIZAN AD

सुसेली

वि.सं.२०८१ मंसिर २९ शनिवार

753 

shares

रामशरण न्यौपाने, भक्तपुर

चमत्कार छ
सुसेलीको कोसेली
धुवाँधार छ ।१

सुभाषिणीको
सुसेलीमा रस छ
मन्दाकिनीको ।२

सुसेली परी
गहनाले धपक्कै
हुन्छे सुन्दरी ।३

नव रसमा
सुसेलीले दुनिया
पार्छिन् वशमा,४

मुरीका मुरी
सुसेलीमा घुल्दछ
रसमाधुरी ।५

गोदावरीको
सुसेली हो सङ्गीत
रानी चरीको ।६

आपस जुट्ने
सुसेलीको मोहनी
हुन्छ नछुट्ने ।७

आफ्नै ठानेर
नचाउँछ सुसेली
हात तानेर ।८

कविता भल
त्रिवेणी हो सुसेली
गीत गजल ।९

खुसी लुटेर
सुसेलीमा रमाऔँ
सबै जुटेर ।१०

 

वि.सं.२०८१ मंसिर २९ शनिवार ०८:४६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...