back
CTIZAN AD

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

वि.सं.२०८१ पुस २८ आइतवार

2.4K 

shares

कोपनहेगन। नेपाली जनसम्पर्क समिति डेनमार्कले डेनमार्कमा रहेका नेपाली पाठशालाहरुका लागी शैक्षिक सामाग्री वितरण गरेको छ। नेपाली कांग्रेसको मेलमिलाप दिवसको अवसर पारेर एक कार्यक्रमको आयोजना गरि कोपनहेगनमा रहेका दुई नेपाली पाठशालालाई उक्त सामाग्री वितरण गरिएको हो।

डेनमार्कमा जन्मे हुर्केका नेपाली बालबालिकाहरुका लागी नेपाली समुदायले माग गरे बमोजिम डेनमार्क सरकारले व्यवस्थित भवनमा कक्षा कोठाको प्रबन्ध गरेको छ जहाँ नेपाली बालबालिकाले नेपाली शिक्षकबाट नेपाली भाषा सिक्न तथा पढ्न र लेख्न सक्छन। सामग्री पाउने पाठशालामा कोपनहेगन क्षत्रका चार नेपाली पाठशाला तथा कोपनहेगन बाहिरका दुई विधालय गरी कुल ६ पाठशालाहरु रहेका छन्।

नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापती बुद्धि प्रसाद सापकोटाले सामग्री वितरण गरेका थिए भने कोपनहेगन पाठशालाका शिक्षक दिपक तिवारी तथा अर्की शिक्षिका चारु ज्ञवालीले उक्त सामग्री ग्रहण गरेका थिए। उक्त कार्यक्रममा बोल्दै जनसम्पर्क समिति डेनमार्कका सभापती बुद्धि प्रसाद सापकोटाले संस्था समाजको लागि भएकोले संस्थाले सामाजिक दायित्व अनुरुप नेपाली बालबालिका लागि नेपाली भाषा तथा संस्कृतिप्रति अझ बढी लगाव होस् भनेर जनसम्पर्क समितिले यो अवधारणा ल्याएको बताए।

नेपाली पाठशालाका शिक्षक दिपक तिवारीले बताए अनुसार  – ‘जनसम्पर्क समिति डेनमार्कले अत्यन्तै सराहनीय कार्य गरेको र नेपाली पाठशालालाइ चाहिने अति महत्वपूर्ण सामग्री पाठशालाले प्राप्त गरेको हुँदा बालबालिकाले धेरै सिक्न सक्ने हुँदा नेपाली पाठशालाको लागि धेरै सजिलो हुने उनको भनाइ छ। यसै गरि शिक्षिका चारु ज्ञवालीका अनुसार – बालबालिकालाइ सिकाइको माध्यम इन्टरनेटबाट प्राप्त सामग्री प्रयोग गरेकोमा अब यो भौतिक सामग्रीले बालबालिका उत्साहित बन्ने उनले बताइन।

जनसम्पर्क समिति डेनमार्कका संस्थापक सभापति नविन राज पौडेलले संस्थाले समाजको लागि योगदान गर्न सक्यो भने संस्था रहेको सार्थकता रहने बताए।

कार्यक्रममा जनसम्पर्क समिति डेनमार्कका बरिष्ठ उप सभापति प्रकाश ढकालले संस्था समाजसंग जोडिएको हुँदा समाजको लागि हरेक दायित्व निर्वाह गर्दै आएको हुँदा भबिस्यमा पनि नेपाली जनसम्पर्क समिति डेनमार्क समाजको लागी लाग्ने प्रतिवद्धता जनाए।

कार्यक्रममा एन आर एन डेनमार्कका पुर्व अध्यक्षहरु यामलाल सुवेदी र शैलेन्द्र अधिकारीले आफ्ना धारणा राखेका थिए भने  प्रवासी नेपाली मन्च डेनमार्कका अध्यक्ष रविन कार्की, जनसम्पर्क समिति डेनमार्कका महामन्त्री कृष्ण गिरी एन आर एनका उपाध्यक्ष निल बिक्रम थापा, नेपाली महिलाको संस्था क्रिएटिभ नेपलिज वुमनकि महासचिव ज्योती भट्टराई खतिवडा, नेसाप डेनमार्कका बालकृष्ण पाण्डे, भलिबल एशिसिएशन डेनमार्कका  महासचिव उद्धव कार्की, पोर्चुगिज समाज डेनमार्कका डिलाराम कंडेलले पनि आफ्नो धारणा राखेका थिए ।

संस्थाले गतवर्ष जनसम्पर्क समिति कप फुटबल प्रतियोगिता आयोजना गर्दा बचत भएको रकमबाट शैक्षिक सामग्री किनेको थियो भने सबै सामाग्री नेपालबाट नै किनेर ल्याइएको थियो।

उल्लेख्य उपस्थितिमा भएको कार्यक्रममा सबैले जनसम्पर्क समिति डेनमार्कको नेपाली बालबालिकाहरुका लागि समर्पित यो कार्यको सबैले प्रशंशा गरेका थिए।

 

वि.सं.२०८१ पुस २८ आइतवार ०९:४१ मा प्रकाशित

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...