
डा. ठाकुर मोहन श्रेष्ठ,काठमाडौं
समयसङ्ग जुध्दै हिँडेका कथा छन्
गुमाएर माया चढेका नशा छन्
कुरेको छ शीतल, नदीको बगरले
नपुग्दै इरादा, जलेका पीडा छन्
दिएको छु निद्रा, सधैँ रातलाई
छलाई पछाडि, धसेका छुरा छन्
छ पल्टन जमिनमा, बचेको सिमाना
बिकी शिर झुकाई, लुकेका ठुला छन्
छ वातावरणमा निकै गर्मी किन्तु
म देख्दै छु तिम्रा परेली चिसा छन् ।
***
बहर – मुतकारिब मुसम्मन सालिक
अर्कान – फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन – १२२ – १२२ – १२२ – १२२
काफिया – आ,स्वर एकाक्षरी
रदिफ – छन्
अभ्यास – उज्यालो पाठशाला
वि.सं.२०८१ माघ २६ शनिवार ०५:०४ मा प्रकाशित