back
CTIZAN AD

गजल

वि.सं.२०८१ माघ २६ शनिवार

1.5K 

shares

डा. ठाकुर मोहन श्रेष्ठ,काठमाडौं

समयसङ्ग जुध्दै हिँडेका कथा छन्
गुमाएर माया चढेका नशा छन्

कुरेको छ शीतल, नदीको बगरले
नपुग्दै इरादा, जलेका पीडा छन्

दिएको छु निद्रा, सधैँ रातलाई
छलाई पछाडि, धसेका छुरा छन्

छ पल्टन जमिनमा, बचेको सिमाना
बिकी शिर झुकाई, लुकेका ठुला छन्

छ वातावरणमा निकै गर्मी किन्तु
म देख्दै छु तिम्रा परेली चिसा छन् ।
***
बहर – मुतकारिब मुसम्मन सालिक
अर्कान – फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
वजन – १२२ – १२२ – १२२ – १२२
काफिया – आ,स्वर एकाक्षरी
रदिफ – छन्
अभ्यास – उज्यालो पाठशाला

वि.सं.२०८१ माघ २६ शनिवार ०५:०४ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...