back
CTIZAN AD

गजल

वि.सं.२०८१ माघ २६ शनिवार

1K 

shares

डा. देवी पन्थी, विराटनगर

हामी जहाँ भए पनि संसार छैन अर्को
प्यारी तिमी गएपछि हकदार छैन अर्को

सबथोक हौ तिमी नै साथी र शत्रु मेरी
त्यस्तो कुनै अनौठो व्यवहार छैन अर्को

छन् माहुरी बसेका रानी रुँगेर घममा
राजा भएर बस्ने दरबार छैन अर्को

मेरी तिमी सहारा बन्दै अगाडि बढ्नू
मेरो पुरै धरामा आधार छैन अर्को

यी हातले फुलाएँ थें एक मात्र पुष्प
छैनौं र पनि मलाई दरकार छैन अर्को

बहर : मुजारे मुसम्मन अखरब
अर्कान : मफ्ऊलू फाइलातुन मफ्ऊलू फाइलातुन
वजन : २२१ – २१२२ – २२१ – २१२२
काफिया : आर
रदिफ : छैन अर्को
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८१ माघ २६ शनिवार ०५:१४ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...