back

गजल

वि.सं.२०८१ माघ २६ शनिवार

468 

shares
GLOBAL IME AD
NTC AD

डा. देवी पन्थी, विराटनगर

हामी जहाँ भए पनि संसार छैन अर्को
प्यारी तिमी गएपछि हकदार छैन अर्को

सबथोक हौ तिमी नै साथी र शत्रु मेरी
त्यस्तो कुनै अनौठो व्यवहार छैन अर्को

छन् माहुरी बसेका रानी रुँगेर घममा
राजा भएर बस्ने दरबार छैन अर्को

मेरी तिमी सहारा बन्दै अगाडि बढ्नू
मेरो पुरै धरामा आधार छैन अर्को

यी हातले फुलाएँ थें एक मात्र पुष्प
छैनौं र पनि मलाई दरकार छैन अर्को

बहर : मुजारे मुसम्मन अखरब
अर्कान : मफ्ऊलू फाइलातुन मफ्ऊलू फाइलातुन
वजन : २२१ – २१२२ – २२१ – २१२२
काफिया : आर
रदिफ : छैन अर्को
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८१ माघ २६ शनिवार ०५:१४ मा प्रकाशित

आज विश्व कवितासहित पाँच वटा अन्तरराष्ट्रिय दिवस

आज विश्व कवितासहित पाँच वटा अन्तरराष्ट्रिय दिवस

काठमाडौं । आज पाँच वटा अन्तरराष्ट्रिय दिवस परेका छन् ।...

लघुकथा : तृषा

लघुकथा : तृषा

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर मलामी आएका वृद्धा रहस्यात्मक...

चारु

चारु

नीता गुरुङ,गुवाहाटी, असम, भारत स्वार्थी मनले स्वाङ पारी मन्दिर धाएर...

चारु

चारु

सञ्जना शर्मा,लमही दाङ सूनिदैन कतै आजभोलि ताली युवा परदेश गाउँ...

गजल

गजल

तारा विष्ट छन्दार्पण, दाङ ,हाल -मलेसिया लुट्दै छ देश मेरो...

झिल्का कविता

झिल्का कविता

होम प्रसाद नेउपाने, धरान, सुनसरी १. प्रेमको उघार्नू ढोका सारा...