back
CTIZAN AD

स्वास्थ्यमन्त्री पौडेलद्वारा जिपीके फाउन्डेशन अमेरीका कार्यालयको भ्रमण

वि.सं.२०८१ चैत २८ बिहीवार

3.9K 

shares

नेपाल सरकारका स्वास्थ्य एवं जनसंख्या मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली युवा नेता प्रदीप पौडेलले जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको कार्यालयको अवलोकन भ्रमण गरेका छन् ।

न्युयोर्कको उडसाईडमा रहेको कार्यालयमा पुगेर मन्त्री पौडेलले स्वर्गीय कोईरालाप्रती श्रद्दासुमन अर्पण गरे। सो अवसरमा उनलाई फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले खादामाला लगाई स्वागत गरेका थिए भने कार्यसमिति सदस्यहरु सुर्य सिंखडा र ध्रुव कुँवर क्षेत्री लगायत नेपाली कांग्रेस नेतागण एवम् ने्वि संघ नेता कार्यकर्ताहरुले पनि मन्त्री पौडेलको स्वागत गर्दै आ–आफ्नो परिचय राखेका थिए।

भेटका अवसरमा माननीय स्वास्थ्य मन्त्रीले आफुले वर्तमान नेपालको स्वास्थ्य मन्त्रालय मार्फत जनतालाई यथासम्भव सहज, शुलभ र निस्शुल्क स्वास्थ्य सेवा प्रदान गर्न लागिी परेको र सो महान कार्यका लागि देशविदेशमा रहेका तमाम नेपाली सहयोगी हातहरू र सकरात्मक विचारको खाँचो औंल्याएका थिए ।

आफु नेपाल सरकारको स्वास्थ्य मन्त्रीको हैसीयतले संयुक्त राष्ट्रसंघद्वारा आयोजित मन्त्रीस्तरीय बैठकमा सहभागी हुन अत्यन्त छोटो समयको कार्यक्रम सहीत अमेरीकाको न्युयोर्क आएको र यसै सीलसीलामा जिपी कोईराला फाउन्डेशन अमेरीकाको कार्यालयको भ्रमण गर्न पाउँदा अति खुशी भएको र गिरीजावावुले भनेझैं सहमती, सहकार्य र एकताले नै निर्धारित उद्देश्य पुरा हुन सम्भव छ भन्ने कुरामा जोड दिए। उनले स्व गिरीजावावुको एक सच्चा सिपाहीको हैसीयतले आज उनले रोपेको गणतन्त्रको वीउलाई सक्षम बिरूवाको रूपमा मलजल गर्न आफु र सिंगो पार्टी लागीपरेको कुरामा जोड दिए। आज नेपालमा फेरी गणतन्त्र विरोधी शक्ति सल्वलाई रहेको र नेपालमा अस्थिरता एवं अशान्ति फैलाउने चेष्टा गरीएकोमा जोड दिँदै वहाँले सुशासन र जनप्रिय काम गरेमात्र जनताको प्रतिनिधि हुन सकिने कुरामा आफु विश्वस्त रहेको धारणा राखेका थिए ।

सो अवसरमा फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले अमेरीकामा फाउण्डेशनले गरेका विविध गतिविधिहरुवारे संक्षेपमा व्याख्या गरे । उनले फाउन्डेशनमार्फत कोरोना कहरदेखी आजसम्म प्रवासी नेपाली डायस्पोरा र अन्य समुदायसँग समेत मिलेर गरीएका सामाजिक कार्यहरुवारे विस्तृतमा जानकारी गराएका थिए ।

उक्त भ्रमणका अवसरमा सामाजिक अभियान्ताहरु अम्बीरराज जोशी, सुजन खनाल, कृष्ण पोख्रेल, मीन खड्का, मीन हमाल, महदत्त कँडेल लगायतको उपस्थिती रहेको थियो। उनीहरुले समसामयिक नेपाली राजनैतिक एवम् स्वास्थ्य क्षेत्रमा भए गरेका र भविष्यमा गर्न सकिने विविध सेवा सुविधा विस्तार तथा नयाँ कार्ययोजनाबारे सल्लाह सुझाव दिनुका साथै मन्त्रीको प्रशंसनीय कार्यसम्पादन र जनप्रिय निर्णयहरु बारे खुशी व्यक्त गरेका थिए ।

 

वि.सं.२०८१ चैत २८ बिहीवार ११:४२ मा प्रकाशित

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...