back
CTIZAN AD

सेसेल्समा कार्यरत कमानले गरे राष्ट्रिय ब्याडमिन्टन रेफ्री

वि.सं.२०८२ साउन २८ बुधवार

11K 

shares

सिसेल्स । गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद सेसेल्सका संस्थापक महासचिव बर्तमान सल्लाहकार तथा नेपाली रक्तदाता संघ सेसेल्सका अध्यक्ष कमान सिंह खत्रीले पुर्वी अफ्रीका सेसेल्समा आयोजित CJSOI -Commission for Youth and Sports of the Indian Ocean मा रेफ्रीको भुमिका निर्वाह गरेका छन् ।

१९ वर्ष मुनिका युवाहरुको ब्याडमिन्ट प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद सेसेल्सको शिफारिसमा खत्रीले रेफ्रीको भुमिका निर्वाह गरेका हुन् ।
CJSOI  १९९४ मा स्थापना भएको इन्डियन ओसियनका सातवटा राष्ट्र वा देशहरूको एक क्षेत्रीय अन्तरसरकारी निकाय हो । कोमोरोस, डिफौट, मदागास्कर, मोरिस, मयोट, रीयूनियन, र सेशेल्स यसका सदस्य रहेका छन् ।

यस क्षेत्रीय संगठनको उद्धेश्य मित्रता, क्षेत्रीय सहयोग, र हिन्द महासागर (Indian Ocean) क्षेत्रका सदस्य देशहरूमा युवाहरू र खेलहरूको विकासलाई प्रवर्धन गर्नु हो ।

यस संगठनले CJSOI खेलहरू समेत आयोजना गर्छ, जुन सहभागी राष्ट्रका युवा खेलाडीहरूको लागि एक बहु–खेल कार्यक्रम हो ।

हरेक दुई वर्षमा आयोजना हुने यो प्रतियोगिता जुलाई २८ देखि अगस्ट १०, २०२५ को १३ औँ संस्करण सेसेल्सले आयोजना गर्ने भुमिका पाएको थियो र सफलता पुर्वक सम्पन्न गरेको छ ।

सन् २०१५ देखि पुर्वी अफ्रीका सेसेल्सको FIU -Financial Intelligence Unit मा कार्यरत रहेका छन् । नेपालमा सैनामैना–१–रुपन्देही निवासी खत्रीले २२ वर्ष नेपाली प्रहरीमा सेवा गरेका थिए । प्रहरी नायव निरीक्षक पदबाट सेवानिवृत्त पश्चात सेसेल्स आएका खत्री नेपालका राष्ट्रिय ब्याडमिन्टन रेफ्री पनि हुन् ।

वि.सं.२०८२ साउन २८ बुधवार १७:५१ मा प्रकाशित

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्यान्डमा खुल्यो ‘बाजेको सेकुवा’, छुटसहित भव्य उद्घाटन हुने तयारी

अमेरिकाको मेरिल्याण्ड तथा छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय...

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...