back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ भदौ २१ शनिवार

2.7K 

shares

हिरालाल न्यौपाने,बानपा ८ कोटमौला सल्यान

१)
शिवशक्ति ठूलो महिमा
आध्यात्मिक चिन्तन आवश्यक
जीवन सार्थक सहिमा .

२)
लगाएर हरिया चुरा
सकारात्मक विचार राख
मनोकांक्षा हुन्छन् पूरा ।

३)
रुनु कसैलाई नपरोस्
बाढी पहिरो महामारी
पीडाले आँसु नझरोस् ।

४)
हिलाम्य छन् हातहरू
मानो रोपेर मुरी
लगाऊ उन्नत जातहरू !
५)
अनावृष्टि, खडेरी, अनिकाल
प्रदूषणको उच्च जोखिम
भैरहेछ उच्च हरसाल ।

६)
रासायनिक मल हाल्दा
खेतको माटो बिग्रियो
गाईगोरु कसैले नपाल्दा ।

७)
गरिबका फोका हातमा
दुःख गर्दछन् दिनभर
निद्रा पर्दैन रातमा ।

८)
असोज लाग्दा दङ्ग
धान गजबले सप्रेमा
दशैँमा आउने उमङ्ग ।

९)
काम गर्दैनन् जेठामास
सरकार कता सुत्छ
वर्षातमा बजेटको नास ।

१०)
काम छउन्जेल माया
पूरा भयो स्वार्थ
देखिँदैन तिम्रो छाया ।

 

वि.सं.२०८२ भदौ २१ शनिवार ०९:१६ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...