back
CTIZAN AD

गजल

वि.सं.२०८२ भदौ २१ शनिवार

2.9K 

shares

केशवप्रसाद ढकाल ’प्रीतबीज’
सिरान्चोक–७, उपल्लो गोहोरे, गोरखा

सदनसम्म जसले हिजो ठाउँ पाए
मुलुक खास खोक्रो तिनैले बनाए

पुराना लखेटी नयाँ सन्त आए
बने भ्रष्ट आफैँ र दौलत कमाए

थिए घात गर्ने नजिककाहरू नै
तिनैले मलाई असाध्यै रुवाए

खुराफात गर्दै छिमेकीहरूले
लगाएर चुक्ली मलाई हटाए

अँध्यारो कुनामा धकेल्दा धकेल्दै
कुकर्मीहरूले मलाई फसाए

बहर : मुतकारिब मसम्मन सालिम
अर्कान : फऊलुन् , फऊलुन् , फऊलुन् , फऊलुन्
वजन : १२२ – १२२ – १२२ – १२२
काफिया : आए
रदिफ :०

वि.सं.२०८२ भदौ २१ शनिवार ०९:१९ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...