back
CTIZAN AD

मानवीय चोला

वि.सं.२०८२ चैत २१ शनिवार

777 

shares

उत्तम विचार भेटुवाल, काठमाडौं

१.
हामी मानव
हुनुहुन्न कदापि
जस्ता दानव ।
२.
पाइन्न होला
घरीघरी खोजेर
मानव चोला ।
३.
बुद्धि विवेक
मानिसका निधि हुन्
लाखौँमा एक ।
४.
नहौँ अघोर
सकेसम्म सुधारौँ
बानीबेहोरा ।
५.
प्रफुल्ल मन
बनाएर बाँचौँ है
सादा जीवन ।
६.
सुनन साथी
पशुबाट उठ्नुछ
सबैले माथि ।
७.
यो संसारमा
हाँसीखुसी रमाई
बाँचौँ प्यारमा ।
८.
लाग्छ बैगुनी
आफैँलाई नटेर्ने
मान्छेको जुनी ।
९.
खेर नफालौँ
जीवन यो सुधार्ने
कदम चालौँ ।
१०.
चिनीझैँ घुल्य
मानवीय चोला यो
लाग्छ अमूल्य ।

वि.सं.२०८२ चैत २१ शनिवार ०७:१४ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...