back

काठमाण्डौमा बाम गठबन्धनको अग्रता

वि.सं.२०७४ मंसिर २२ शुक्रवार

459 

shares
IME Limited
NTC AD

uml&ucpn

२२ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको दोश्रो चरणमा सम्पन्न भएको निर्वाचनमा काठमाडौंमा वाम गठबन्धनले अग्रता लिएको छ ।

बिहाँन १० बजेदेखि सुरु हुने भनिएपनि १२ बजेबाट सुरु भएको मतगणनाको प्रारम्भिक मत परिणाम अनुसार बाम गठबन्धनले अग्रता लिएको छ ।

काठमाडौंको क्षेत्र नं १ मा नेपाली कांग्रेस र राप्रपा प्रजातान्त्रिक गठबन्धनको लोकतान्त्रिक गठबन्धनका उम्मेदरवार प्रकाशमान सिंहले अग्रता लिएका छन् भने उनलाई विवेकशील साझाका रविन्द्र मिश्रले पछ्याइरहेका छन् ।

क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्र र एमालेकातर्फबाट वाम गठबन्धनका उम्मेदवार माधब कुमार नेपालले १०३४ मतसहित अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेका उम्मेदवार दिपक कुइकेलले ४६९ मतसहित पछ्याइरहेका छन् ।

काठमाडौं क्षेत्र नं ३ मा  वाम गठबन्धनका उम्मेदवार कृष्ण राईले १४ सय २४ मत सहित अगाडि रहेका छन् भने  नेपाली कांग्रेसका अम्बिका बस्नेतले १२ सय ७२ मत ल्याएर दोश्रो स्थान हासिल गरेका छन् ।

त्यस्तै ४ नम्बर क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार राजन भट्टराईलाई नेपाली कांग्रेसका उम्मेदवार तथा युवा नेता गगन थापाले पछ्याइरहेका छन् । भट्टराईले १ हजार २ सय ४० मत ल्याएर अग्रता लिइरहेका छन् भने थापाले १ हजार ४३ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै काठमाडौं क्षेत्र नं ५ मा वाम गठबन्धनका ईश्वर पोखरेलले १४ सय मत ल्याएर अग्रता कायम गरिरहेका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसरण महतले ६१५ मत ल्याएर दोश्रो स्थानमा रहेका छन् । रोचक रुपमा हेरिएका साझा विवेकशील पार्टीका उम्मेदवार उज्जवल थापाले पनि १८५ मत प्राप्त गरेका छन् ।

काठमाडौं क्षेत्र नं ६ मा वाम गठबन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादीका झक्कु सुवेदीले २२८ मत प्राप्त मत गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार भिमसेन दास प्रधानले २०० मत प्राप्त गरेका छन् ।

काठमाडौंको ७ मा पनि वाम गठबन्धनका उम्मेदवार एमालेका रामवीर मानन्धरले १०१८ मत ल्याएर अग्रता लिएका छन भने राप्रपाका उम्मेदवार विक्रम बहादुर थापाले ६३४ मत ल्याएका छन् ।

काठमाडौं क्षेत्र नं ९ मा वाम गठबन्धनका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले १७६७ मत ल्याएर अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेसका नेता ध्यान गोविन्द रन्जितले ९४८ मत ल्याएका छन् । साथै विवेकशील साझाका मिलन पाण्डेले ४१७ मत प्राप्त गरेका छन् ।

काठमाडौं क्षेत्र नं १० मा नेपाली कांग्रेसका उम्मेदवार राजन केसीले अग्रता लिएका छन् । उनका प्रतिद्धन्द्धी वामगठबन्धनका उम्मेदवार हितमान शाक्यले पछ्याइरहेका छन् । केसीले १४५९ मत ल्याएका छन् भने शाक्यले ७९३ मत ल्याएका ल्याएका छन् ।

त्यस्तै काठमाडौं क्षेत्र नं  ८  को मत गणना भइरहेको भएपनि मत परिणाम सार्वजनिक भइसकेको छैन ।

वि.सं.२०७४ मंसिर २२ शुक्रवार ०८:२० मा प्रकाशित

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

परराष्ट्रद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

परराष्ट्रद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला...

सीमा नाकामा कोरोनाको जोखिम कायमै

सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना...

सुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार नाका हुँदै छिमिकी मुलुक चीनबाट आयात...

अत्यधिक वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी आसापास क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

अत्यधिक वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी आसापास क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

काठमाडौं । असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना...

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन...