back
CTIZAN AD

काठमाण्डौमा बाम गठबन्धनको अग्रता

वि.सं.२०७४ मंसिर २२ शुक्रवार

816 

shares

uml&ucpn

२२ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको दोश्रो चरणमा सम्पन्न भएको निर्वाचनमा काठमाडौंमा वाम गठबन्धनले अग्रता लिएको छ ।

बिहाँन १० बजेदेखि सुरु हुने भनिएपनि १२ बजेबाट सुरु भएको मतगणनाको प्रारम्भिक मत परिणाम अनुसार बाम गठबन्धनले अग्रता लिएको छ ।

काठमाडौंको क्षेत्र नं १ मा नेपाली कांग्रेस र राप्रपा प्रजातान्त्रिक गठबन्धनको लोकतान्त्रिक गठबन्धनका उम्मेदरवार प्रकाशमान सिंहले अग्रता लिएका छन् भने उनलाई विवेकशील साझाका रविन्द्र मिश्रले पछ्याइरहेका छन् ।

क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्र र एमालेकातर्फबाट वाम गठबन्धनका उम्मेदवार माधब कुमार नेपालले १०३४ मतसहित अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेका उम्मेदवार दिपक कुइकेलले ४६९ मतसहित पछ्याइरहेका छन् ।

काठमाडौं क्षेत्र नं ३ मा  वाम गठबन्धनका उम्मेदवार कृष्ण राईले १४ सय २४ मत सहित अगाडि रहेका छन् भने  नेपाली कांग्रेसका अम्बिका बस्नेतले १२ सय ७२ मत ल्याएर दोश्रो स्थान हासिल गरेका छन् ।

त्यस्तै ४ नम्बर क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार राजन भट्टराईलाई नेपाली कांग्रेसका उम्मेदवार तथा युवा नेता गगन थापाले पछ्याइरहेका छन् । भट्टराईले १ हजार २ सय ४० मत ल्याएर अग्रता लिइरहेका छन् भने थापाले १ हजार ४३ मत ल्याएर पछ्याइरहेका छन् ।

त्यस्तै काठमाडौं क्षेत्र नं ५ मा वाम गठबन्धनका ईश्वर पोखरेलले १४ सय मत ल्याएर अग्रता कायम गरिरहेका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसरण महतले ६१५ मत ल्याएर दोश्रो स्थानमा रहेका छन् । रोचक रुपमा हेरिएका साझा विवेकशील पार्टीका उम्मेदवार उज्जवल थापाले पनि १८५ मत प्राप्त गरेका छन् ।

काठमाडौं क्षेत्र नं ६ मा वाम गठबन्धनबाट उम्मेदवार रहेका नेकपा माओवादीका झक्कु सुवेदीले २२८ मत प्राप्त मत गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार भिमसेन दास प्रधानले २०० मत प्राप्त गरेका छन् ।

काठमाडौंको ७ मा पनि वाम गठबन्धनका उम्मेदवार एमालेका रामवीर मानन्धरले १०१८ मत ल्याएर अग्रता लिएका छन भने राप्रपाका उम्मेदवार विक्रम बहादुर थापाले ६३४ मत ल्याएका छन् ।

काठमाडौं क्षेत्र नं ९ मा वाम गठबन्धनका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले १७६७ मत ल्याएर अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेसका नेता ध्यान गोविन्द रन्जितले ९४८ मत ल्याएका छन् । साथै विवेकशील साझाका मिलन पाण्डेले ४१७ मत प्राप्त गरेका छन् ।

काठमाडौं क्षेत्र नं १० मा नेपाली कांग्रेसका उम्मेदवार राजन केसीले अग्रता लिएका छन् । उनका प्रतिद्धन्द्धी वामगठबन्धनका उम्मेदवार हितमान शाक्यले पछ्याइरहेका छन् । केसीले १४५९ मत ल्याएका छन् भने शाक्यले ७९३ मत ल्याएका ल्याएका छन् ।

त्यस्तै काठमाडौं क्षेत्र नं  ८  को मत गणना भइरहेको भएपनि मत परिणाम सार्वजनिक भइसकेको छैन ।

वि.सं.२०७४ मंसिर २२ शुक्रवार ०८:२० मा प्रकाशित

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

कर्फ्यु उल्लंघन भएपछि बख्तरबन्द गाडीसहित सेना परिचालन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपपछि...

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरीका यी पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सुनसरी ।आज बिहान भएको झडपको घटनापछि  जिल्ला प्रशासन कार्यालय सुनसरीले...

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमतीमा बहुमत जुटाउन दलहरूको दौडधुप

बागमती । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

तीनथानामा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौँ । जिल्ला काठमाडौं चन्द्रागिरि नगरपालिका- १५ तीनथाना स्थित सडकखण्डमा...