back
CTIZAN AD

सामाजिक सुरक्षा कोषको रकम विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको हितमा खर्च गर्नुपर्नेमा अभियन्ताहरुको जोड

वि.सं.२०७७ वैशाख ७ आइतवार

708 

shares

१९ अप्रिल । नेपाल सरकारको वैदेशिक रोजगार अन्तरर्गतको सामाजिक सुरक्षा कोषमा रहेको रकमलाई तत्काल निकासा गरि बैदेशिक रोजगारीमा अप्ठ्यारोमा परेका नेपालीहरुको हितमा खर्च गर्नु पर्नेमा गैरआवासीय नेपाली अभियन्ताहरुले जोड दिएका छन् ।

शनिवार सम्पन्न गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) र संघका राष्ट्रिय समितिको संयुक्त बैठकमा अभियन्ताहरुले मध्यपूर्वमा ठूलो सँख्यामा रहेका श्रमिक वर्गलाई संघको एकल प्रयासले मात्र राहत वितरण गर्न अपुग हुने भएकाले नेपाल सरकारको वैदेशिक रोजगार अन्तरर्गतको सामाजिक सुरक्षा कोषमा रहेको रकमलाई तत्काल निकासा गरि बैदेशिक रोजगारीमा अप्ठ्यारोमा परेका नेपालीहरुको हितमा खर्च गर्नु पर्नेमा जोड दिएका हुन्।

बैठकमा कोरोना भाइसर (कोभिड १९) महामारीबाट विश्वभर छरिएर रहेका नेपाली समुदायमा पारेको प्रभावका वारेमा बिस्तृत छलफल भएको महासचिव हेमराज शर्माले जानकारी दिएका छन् । उनका अनुसार बैठकमा बिभिन्न देशमा कोरोना भाइरसले पारेको असर र नेपाली समुदायतलाई वितरण गरिएको राहतका सम्बन्धमा बिभिन्न देशका अध्यक्ष तथा महासचिवहरुले आआफ्ना भनाईहरु राखेका थिए ।

विदेशबाट नेपाल फर्किन चाहने गैरआवासीय नेपालीहरु, कर्मथलोमा फर्किन चाहने विदामा नेपाल गएका नेपालीहरु र नेपालमा नै अलपत्र परेका श्रमिकहरुलाई सहयोग गर्न सरकारसँग समन्वय गर्नुपर्ने विषयमा बैठकमा सहभागीहरुले सुझाव दिएका थिए ।

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैंठकमा अष्ट्रेलिया, अष्ट्रिया, बहराईन, बेल्जियम, चाईना, क्यानाडा, चाईना, साईप्रस, चेक रिपल्लिक, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, हङ्कङ्, आईरल्याण्ड, ईटाली, जापान, केन्या, कोरिया (साउथ), कुबेत, लग्जेम्बर, मकाउ, मलेसिया, माल्टा, निदरल्याण्ड, न्युजिल्याण्ड, नर्वे, ओमान, पोल्याण्ड, पोर्चिगल, कतार, रोमानिया, रसिया, साउदी अरब, स्पेन, स्विजल्याण्ड, थाईल्याण्ड, युके, युएई, युएसए लगायतका राष्ट्रिय समन्वय परिषदले आआफ्नो प्रतिवेदन पेश गरेका थिए ।

अधिकांस राष्ट्रिय समन्वय परिषदले पहिलो चरणमा कोभिड १९ बाट बच्ने सचेतना मुलक कार्यक्रमको सञ्चालन गरी दोश्रो चरणमा राहतको कार्यक्रममा केन्द्रित रहेको जानकारी दिएका थिए ।

मुख्यतः वैदेशिक रोजगारमा रहेका मध्यपुर्वका देशहरु, नेपालीहरु भरखर स्थापित हुदै गरेका साईप्रस, ईटाली, स्पेन, बेल्जियम, युके, माल्टा जस्ता देशहरुमा कागजी प्रकृया पुरा नगरेका नेपालीहरु र विद्यार्थीहरुलाई तत्काल राहतको आवश्यकता रहेको देखिन आएको पनि महासचिव शर्माले बताएका छन्।

हाल बिभिन्न देशहरुमा त्यहाँस्थित नेपाली समुदाय, बिभिन्न संघसँस्था र देशमा रहेका नेपाली कुटनीतिक नियोगको सहयोग र समन्वयमा राहत वितरणको भइरहेको छ ।

अष्ट्रेलिया, कोरीया लगायतका देशमा नेपाली संघसँस्था र नेपाली दुतावासहरु बीचको संयुक्त समिति बनाएर राहतको काममा खटेका छन । केही देशमा यस्तै समन्वयको खाँचो देखियो छ । न्यजिल्याण्डले स्थानीय निकायहरुबाट समेत आर्थिक सहयोग जुटाएको छ ।

राष्ट्रिय समन्वय परिषदबाट आएका सुझावका सम्वन्धमा छलफल गर्न र अर्को चरणको कार्यक्रमतय गर्न संघ अन्तरगर्तको कोभिड १९ उच्चस्तरीय समिति र सचिवालयको बैठक आज बस्दैछ । बैठकले संघको स्वास्थ्य समितीले संक्रमित र मृत्यु हुनेको साप्ताहिक तथ्याङ्क प्रकाशन गर्ने जनाइएको छ ।

कोभिड–१९ को महामारीले चपेटमा परेका विदेशमा रहेका नेपालीहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर छलफल गर्न शुक्रबार संघका पूर्वअध्यक्षहरुसँग बैठक सम्पन्न भएको थियो ।

वि.सं.२०७७ वैशाख ७ आइतवार ०९:१६ मा प्रकाशित

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

नेजस क्यानाडाको एकता अधिवेशन आयोजना गर्ने निर्णय

क्यानाडा । नेपाली काँग्रेसको प्रवासस्थित भातृ संंगठन नेपाली जनसम्पर्क समिति...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...