back
CTIZAN AD

संकटमा पनि जीवन बीमा कम्पनीहरुको नाफामा बृद्धि, कस्को कमाई कति (सूची सहित)

वि.सं.२०७७ जेठ ६ मंगलवार

1.3K 

shares

६ जेठ, काठमाडौं । मंगलबारसम्म १५ वटा जीवन बीमा कम्पनीहरुले आफ्नो तेस्रो त्रैमसिक विवरण सार्बजनिक गरेका छन । बीमा कम्पनीहरुले सर्बजनिक गरेको बिबरण अनुसार चालु आ.ब.को तेस्रो त्रैमास माघदेखि चैत्रसम्ममा १ अर्ब ९९ करोड ५९ लाख ५० हजार १ सय ८९ नाफा कमाएका छन । यो गत आर्थिक २०७५/७६ बर्षको सोहि अबधिको तुलनामा ३६.५९ प्रतिशतले बढी हो । त्यस्तै चालु आ.ब.को दोस्रो त्रैमासिक कात्तिकदेखि पुषसम्मको भन्दा ४०.७५ प्रतिशतले बढी हो ।

कोरोना भाईरसहको माहामारीको कारण २०७६ चैत्र ११ गते देखि मुलुक बन्दाबन्दिमा रहँदा पनि बीमा कम्पनीहरु नाफामा देखिएका छन । यो त्रैमासमा प्रतिशतको आधारमा सबैभन्दा बढी राष्ट्रिय बीमा संस्थानले कमाएको छ । उसले गत बर्षको चैत्र मसान्त भन्दा १९२.६६ प्रतिशत बढी नाफा कमाएको छ । उसले सार्बजनिक गरेको बित्तिय विवरण अनुसार गत बर्ष सोहि अबधिमा उसको नाफा १ करोड ५८ लाख ६८ हजार २६ रुपैंयाँ नाफा गरेको थियो भने चालु बर्षको दोस्रो त्रैमासिकमा उसको आम्दानी ३ करोड ५३ लाख ४६ हजार २०६ रुपैंया आम्दानी गरेको थियो । यसरी हेर्दा उसको कमाई ३९.५८ प्रतिशतले बढी हो ।

कारोबार रकमको आधारमा सबैभन्दा बढी नाफा नेपाल लाईफ ईन्स्योरेन्सले कमाएको छ । उसलेचालु आर्थिक बर्षको तेस्रो त्रैमासको अन्त्य चैत्र मसान्त सम्ममा ४६ करोड ७५ लाख ७६ हजार ३ सय ४१ कमाएको छ । कारोबार उच्च गरे पनि उसको नाफामा भने अघिल्लो बर्षको तुलनामा थोरै मात्रैे छ । यो बर्ष उसको नाफा गतबर्षको भन्दा ०.०८ प्रतिशत मात्रै बढी छ ।

यूनियन लाईफ इन्स्योरेन्सको नाफा गत बर्षको भन्दा १७.४२ प्रतिशतले घटेको छ । तर चालु आ.ब.को दोस्रो त्रैमासिकको तुलनामा १५.३५ प्रतिशतले बृद्धि भएको छ । गतबर्ष चैत्र मसान्तसम्ममा उसको नाफा १० करोड ८० लाख ८३ हजार ८ सय ३० रुपैंयाँ थियो भने चालु अबको सोहि अबधिमा उसको नाफा ८ करोड ९२ लाख ५९ हजार १ सय ८५ रुपैंयाँ रहेकोे छ ।

कारोबार रकमको आधारमा सबैभन्दा कम आम्दानी गर्ने जीवन बीमा कम्पनीमा रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी रहेको छ । उसको चालु आर्थिक बर्षको तेस्रो त्रैमास चैत्र मसान्तसम्मको आम्दानी १६ लाख ७० हजार २०० रहेको छ ।

कारोना भाईरसका कारण अन्य क्षेत्रहरु संकटमा हुँदा पनि बित्तिय तथा बीमा क्षेत्र नाफामा गएका छन । यस अघि बैकिङ क्षेत्र पनि नाफामा नै रहेको विवरण सार्बजनिक भएको थियो ।

वि.सं.२०७७ जेठ ६ मंगलवार १५:४२ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...