back
CTIZAN AD

कविता: जलिरहेछ मान्छे !!

वि.सं.२०७८ भदौ ५ शनिवार

1.2K 

shares

शीत !
चुहेको छ तप्प! तप्प!!
स्रष्टाको रात हो यो
तप !
छिरेको छ धप्प! धप्प!!
स्रष्टाको
दिन हो यो
शीत ताप
ताप शीत
दर्दमा द्रवित पनि छन्
सुखमा हर्षित पनि छन्
चलाएर गतिलाई
उल्टो दिशामा
स्रष्टालाई लिन खोजेर
अञ्जुलीमा
मान्छे
शीतसँग बारुद खेल्छ
तापसँग बम पड्कन्छ
आत्मविश्वासका
कटौरा फुटाएर निरन्तर
हरिया पातका रेसाहरू
च्यातेर निरन्तर
मान्छे !
तापमा अनन्त जलिरहेछ
शीतमा
गहिरो पोखरी
बरफ जमेर
मृत्यु वरण गरिरहेछ
सम्राट् बन्ने सोखमा
कुवेर बन्ने भोकमा
तृष्णाको महलभित्र
महफील जन्मने दौडमा
शीत त
सिर्जना हो स्रष्टाको
मोतीमहल
अक्षरमा बनेर
विराट् मानवता मुस्कन्छ
प्रकृति !
हरिया पातका रेसा
प्रणयवाग
बिस्तारै अग्लेर
प्रेमपिरामीड घुम्ने
रहस्यभित्र
पनडुब्बी उक्लनुको अर्थ
पाइला पाइलामा
आत्महत्याको आगो
सल्कदै छ मान्छे
शीत !
नबुझेर रातसँग
ताप !
नबुझेर दिनसँग
मनभित्रको बारुद
तृष्णाको घर
जलिरहेछ मान्छे
बाहिरी बारुद सल्केर
कुर्सी खेलका
सत्तासीन विश्वबाट
कुत्सित भेलको
दहभित्र
फुट्नै नसक्ने
बरफ जमिरहेछ मान्छे !!!

वि.सं.२०७८ भदौ ५ शनिवार ०७:२७ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...