back
CTIZAN AD

कविता: हे हावा

वि.सं.२०७८ भदौ ५ शनिवार

969 

shares

ए हावा ! चलिदे न बिश्वभरिका छोई युवाका दिल
सारा दोष बढारिदे र दुनियाँ बन्ला अहा झिल्मिल
गर्दै उत्तम कर्म उद्यमहरू, यो विश्व आफै उठोस्
यो नेपाल समृद्ध बन्नु छ यहाँ, सामथ्र्य बोकी जुटोस् ।१।

ए हावा ! बल भर्दिई रगतमा उड्दै छु टाढा भनू
दुष्टात्मा सबका ढिलो म नगरी छानो म ताक्दो बनूँ
हे पापी मन दूर जा भुवनमा, केही त मैले गरूँ
संसारै झलमल्ल पार्नु छ यहाँ आभा सुनौलो छरूँ ।२।

ए धौलागिरि अस्मिता त लुटिदा, बोल्दै नबोल्ने किन
तेरो त्यो मन स्वार्थ ले छ धमिलो, को सक्छ सङ्ल्याउन
नेताका छवि स्वच्छ म निर्मित गरूँ, भन्दै यहाँ हेर्दछु
होऊँन नैतिकवान् पवित्र जहिल्यै भन्दै कथा कोर्दछु ।३।

जो जिम्मा शिरमा छ धर्ममय भै, कर्तव्य पूरा गर
पैल्याई नवमार्ग कर्मपथको गन्तव्य पूरा गर
पैसाले किन धर्म बिर्सन पुग्यौ, बाटो बिराई हिंडयौ
नाना लोभ र मोहमा डुबिरही देशै पिराई हिंडयौ ।४।

बिर्सिन्नन जब धर्म फूलफलले झर्ना नदीले पनि
थाम्यो धर्म सदैव भूमितलले, यो सृष्टिले नै अनि
पानी बग्छ सदा स्वतन्त्र लयमा त्यो बग्नु नै धर्म हो
आगोले किन पोल्छ भत्भत गरी त्यो पोल्नु नै कर्म हो ।५।

हे हावा ल उडाइदे मुलुक यो लुट्नेहरूको घर
हे हावा ल ढलाइदे न अखडा बेकामका जर्जर
आजैबाट उडाइदे बमहरु बोकेर हिड्नेहरू
दस्ताबेजहरू कतातिर परे खोजेर ल्याऊ बरु ।६।

अफ्नो मानव धर्म कर्म सहजै, बिक्री गरी बिग्रियौ
आफ्नो नैतिक सोच थाम्न नसकी, झन् भ्रष्ट भै थिग्रियौ
हे हावा अब बुद्धि दे न यिनमा माटो नलुट्नू भनी
आफ्नो छोप्न कुकृत्य लौन अरुको झोला समात्छौ त नि ?७।

छन्दः शार्दुलबिकृडित

 

वि.सं.२०७८ भदौ ५ शनिवार ०७:३१ मा प्रकाशित

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

साहित्यिक प्रशिक्षण कार्यक्रम सम्पन्न

गल्याङ । “भाषा, कला, संगीत एवम संस्कृतिको संरक्षण तथा संवर्धन...

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...