back
CTIZAN AD

लघुकथा: पहाडिया ऊँट

वि.सं.२०७८ भदौ ५ शनिवार

1K 

shares

‘समय समयकी वात्, मुर्गी मारे लात् !’

सोमरस पिइरहेको एउटा फकिर ईशुको छेउ सो स्वरको लयले मर्मान्त पीडामा अलापविलाप गर्दै गीत गाएर रोइरहेको थियो । उस्को मनमा एउटै इच्छित बेथा थियो अनि चिच्याउँथ्यो ।

‘प्रभु ! मलाई उतै फिर्ता गरिदिइस्यो ।’

उसको अनुनय विनय ईशुले कुनै क्षण पनि सुनिरहेका थिएनन् । पुरानो रातो झोला फड्काथ्र्यो । वरिपरि रहेका सङ्गातीहरू बेलाबेलामा चरू, घ्यू र अछेता हालिदिन्थे र भन्थे ।

‘बुझ्यौ ! महात्मा तिम्रो साथमा छौँ । धन्दा मान्नु पर्दैन ।’

उनीहरूको आश्वासनले केही क्षण राहत मिले पनि फकिरको मनमा एउटा अर्काे पनि चोट थियो ।

‘बरालिँदाको तालिम !’

यसै तालिमबाट उनको ईशुले छेवार गरिदिएका थिए । छेवारको समयमा उसलाई नैतिक बन्धनको मन्त्र सुटुक्क दिएका थिए । मन्त्र घोक्दा घोक्दै बौलाहा भएका फकिरले अर्काेदिन ईशुलाई फेरि भने ।

‘महाप्रभु ! मलाई बचाइबक्स्योस्, नत्र सुसाइट गर्छु !’

महाप्रभुले रिसले खुब झम्टे, कर्के नजरले आँखा तरे र खुट्टा हल्लाउँदै दाह्रा किटेर भने ।

‘लाछी फकिर ! तेसो भए मैले दिएको सबै पैसा फिर्ता गर !’

फकिर न्याउरो अनुहार लगाएर बर्बराउन, चिच्याउन र उफ्रन थाले । शुष्क आँखामा आँसु, दोब्रिएको अनुहार, खुम्चिएको निधार, कामेको हात, लर्बराएको खुट्टा र तिर्मिराएको भावमा उभिएको फकिरलाई प्राचीन ऋषिहरूले भेटेर सोधे ।

‘तपाईको देश कुन हो ?

‘नेपाल, जात नेपाली !’

‘कसरी नेपाली हुनुभयो त हौ, तपाई ?’

‘परिवर्तनको छालले नेपाली बनाएर अछुत बनायो नि !’

‘अरे ! तपाईंको नसा नसामा त वेद, पुराण, गीता, रामायण, एवं महाभारतका हजारौँ मन्त्रहरू पो बगेको रहेछ, विचरा !’
फकिर हातमा भएको रातो झोला च्यात्दै धुजैधुजा पार्न थाल्यो । ऋषिहरूले फकिरको यस्तो दृश्य देखेपछि सम्झाएर भने ।

‘पुर्खाको आस्था छ भने सँगै हिंडनु, मुक्ति पाउँछौ !’

फकिर फेरि कराउन थाल्यो । उसको चट्का रोदनको स्वरले प्राचीन सहरका देवीदेवताहरू चनाखो भएर सुनिरहेका थिए ।
उनीहरू कसै कसैले भन्थे ।

‘सोमरस त लास्टै लागेछ !’

आफ्नै सांस्कृतिक महत्वको आस्था बिर्सनेहरूलाई फकिरको पदवी बाहेक जनताले के नै दिन सक्छ र ? आस्थावानहरूमा अनास्थाको तुफान चलिरहेको थियो । अड्किएको अबरूद्ध उसको बोली कतै पनि थिएन ।

‘हिडिरहेको पहाडमुनीको ऊँटसँग !’

 

वि.सं.२०७८ भदौ ५ शनिवार ०७:३४ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...