back

लघुकथा: पहाडिया ऊँट

वि.सं.२०७८ भदौ ५ शनिवार

183 

shares
NTC AD
Global IME AD

‘समय समयकी वात्, मुर्गी मारे लात् !’

सोमरस पिइरहेको एउटा फकिर ईशुको छेउ सो स्वरको लयले मर्मान्त पीडामा अलापविलाप गर्दै गीत गाएर रोइरहेको थियो । उस्को मनमा एउटै इच्छित बेथा थियो अनि चिच्याउँथ्यो ।

‘प्रभु ! मलाई उतै फिर्ता गरिदिइस्यो ।’

उसको अनुनय विनय ईशुले कुनै क्षण पनि सुनिरहेका थिएनन् । पुरानो रातो झोला फड्काथ्र्यो । वरिपरि रहेका सङ्गातीहरू बेलाबेलामा चरू, घ्यू र अछेता हालिदिन्थे र भन्थे ।

‘बुझ्यौ ! महात्मा तिम्रो साथमा छौँ । धन्दा मान्नु पर्दैन ।’

उनीहरूको आश्वासनले केही क्षण राहत मिले पनि फकिरको मनमा एउटा अर्काे पनि चोट थियो ।

‘बरालिँदाको तालिम !’

यसै तालिमबाट उनको ईशुले छेवार गरिदिएका थिए । छेवारको समयमा उसलाई नैतिक बन्धनको मन्त्र सुटुक्क दिएका थिए । मन्त्र घोक्दा घोक्दै बौलाहा भएका फकिरले अर्काेदिन ईशुलाई फेरि भने ।

‘महाप्रभु ! मलाई बचाइबक्स्योस्, नत्र सुसाइट गर्छु !’

महाप्रभुले रिसले खुब झम्टे, कर्के नजरले आँखा तरे र खुट्टा हल्लाउँदै दाह्रा किटेर भने ।

‘लाछी फकिर ! तेसो भए मैले दिएको सबै पैसा फिर्ता गर !’

फकिर न्याउरो अनुहार लगाएर बर्बराउन, चिच्याउन र उफ्रन थाले । शुष्क आँखामा आँसु, दोब्रिएको अनुहार, खुम्चिएको निधार, कामेको हात, लर्बराएको खुट्टा र तिर्मिराएको भावमा उभिएको फकिरलाई प्राचीन ऋषिहरूले भेटेर सोधे ।

‘तपाईको देश कुन हो ?

‘नेपाल, जात नेपाली !’

‘कसरी नेपाली हुनुभयो त हौ, तपाई ?’

‘परिवर्तनको छालले नेपाली बनाएर अछुत बनायो नि !’

‘अरे ! तपाईंको नसा नसामा त वेद, पुराण, गीता, रामायण, एवं महाभारतका हजारौँ मन्त्रहरू पो बगेको रहेछ, विचरा !’
फकिर हातमा भएको रातो झोला च्यात्दै धुजैधुजा पार्न थाल्यो । ऋषिहरूले फकिरको यस्तो दृश्य देखेपछि सम्झाएर भने ।

‘पुर्खाको आस्था छ भने सँगै हिंडनु, मुक्ति पाउँछौ !’

फकिर फेरि कराउन थाल्यो । उसको चट्का रोदनको स्वरले प्राचीन सहरका देवीदेवताहरू चनाखो भएर सुनिरहेका थिए ।
उनीहरू कसै कसैले भन्थे ।

‘सोमरस त लास्टै लागेछ !’

आफ्नै सांस्कृतिक महत्वको आस्था बिर्सनेहरूलाई फकिरको पदवी बाहेक जनताले के नै दिन सक्छ र ? आस्थावानहरूमा अनास्थाको तुफान चलिरहेको थियो । अड्किएको अबरूद्ध उसको बोली कतै पनि थिएन ।

‘हिडिरहेको पहाडमुनीको ऊँटसँग !’

 

वि.सं.२०७८ भदौ ५ शनिवार ०७:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...