मेरो सामु हेरौँ त कसले आँखा तर्छ भन्छन् ।
सबैले मैले नै भनेको यहाँ मान्नु पर्छ भन्छन् ।
कस्ले बुझिदिन्छ सिमाना छेउ बस्नेको पीडा
बुट बजार्दै आउँछ,सँधै कुटपिट गर्छ भन्छन् ।
जनता चिन्ने भोटका बेला मात्र रहेछ नेताले
जिते पछि चिन्नै पर्ने के को कर छ भन्छन् ।
ऐनले कहाँ रोकेको छ?भन्छन् मायाँ लाउने
बरु नपचाउने यहि समाजको डर छ भन्छन् ।
देश मेरो हो मुखले भन्ने कति छन् कति यहाँ
तिनै देशलाई पर्दा भने,को अघि सर्छ भन्छन् ।
वि.सं.२०७८ भदौ ५ शनिवार ०७:३६ मा प्रकाशित






























