३ बैशाख, काठमाडौं । जापानमा रहेका नेपालीहरुले जापानी नागरिकलाई नेपाल घुम्न आउने निम्तो दिएका छन् ।
पर्यटन बोर्ड र गैरआवासीय नेपाली संघको सहकार्यमा सुरु गरिएको ‘अतिथि देवो भवः’ कार्यक्रमको निरन्तरता स्वरुप जापानमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
गैरआवासीय नेपाली संघ जापानको आयोजना, संघका केन्द्रीय उपाध्यक्ष भवन भट्टको संयोजन र नेपाली दूतावास जापानको सहयोगमा संयुक्त रुपमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त कार्यक्रममा नेपाली झण्डा, ‘अतिथिदेवो भव’ लेखिएको पम्लेटहरु गाडीमा राखेर सहर परिक्रमा गर्दै जापानी नागरिकहरुलाई नेपाल घुम्ने निम्ता दिइएको थियो ।
नेपाल फेस्टिवलको आयोजना गरिएको टोकियो योयोगी पार्कबाट सुरु गरिएको र्याली योयोगी, सिवुया, सिनागावा, टोकियो स्टेसन हुदै टोकियोको मुख्य क्षेत्रमा प्रचार -प्रसार गरिएको थियो । उक्त पर्यटन प्रवद्र्धनात्मक र्याली एकैपटक जापानका १२ वटा सहरमा सम्पन्न गरिएको थियो ।
तस्बिर : कपिलदेव थापा