
गैरआवासीय नेपाली संघ (एनआरएनए) ओमानले विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेर नयाँवर्ष २०७४ भव्यरुपमा मनाएको छ ।
एनआरएनए ओमानका अध्यक्ष दिपक श्रेष्ठको सभापतित्व, नेपाली दूतावास ओमानकी नियोग प्रमुख रोजिना ताम्राकारको प्रमुख आतिथ्यता, गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तको विशेष आतिथ्यता तथा एनआरएनए मध्यपुर्व संयोजक डि बी क्षेत्रीको आतिथ्यामा सम्पन्न भएको थियो ।
क्रिस्टल सुइट्स होटल वादिकविरमा आयोजना गरिएको उक्त कार्यक्रममा गायक दिपक लिम्बु र नायिका रजनी केसीको विशेष सांगितीक प्रस्तुति रहेको थियो भने प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुले पनि रमाइलो मानेर सांस्कृतिक कार्यक्रमको मनोरंजन लिएका थिए ।