back
CTIZAN AD

कविता : टोपी लगाऊँ शिर उच्च राख ।

वि.सं.२०८० माघ ६ शनिवार

1.6K 

shares

मचिन्द्र खत्री, धरान, सुनसरी

दौरा र टोपी सुरुवाल पाऊँ
भाका मिलाई अझ कोट लाऊँ ।
मेरो चिनारी अति गर्व गर्छु
टोपी सदा यो शिर माथि धर्छु।।१

बाजे बराजे अति काज गर्थे
खाँडी सिलाई शिर ताज धर्थे।
ढाका बुनेका पिता धर्न थाले
पेशा यसैको पनि गर्न थाले।।२

धागो सुतीको अति सानदार
ऊनी मिसाए जति भो कमाल।
झन् बत्थु जड्दा शिरताज राम्रो
टोपी चिनारी कति उच्च हाम्रो।।३

चर्खा घुमाई मसिनो सुताले
काट्लान् रुवा यो करको बुताले।
आमा र काकी गफगाफ गर्दै
पीडा भएका यस बीच छर्दै।।४

टाँगेर धागो छर लामलाम
यो तान बेर्दै गर जोरजाम।
बुट्टा निकाली घर गन्न थाल
तैयार टोपी सकियो कमाल।।५

पाएर दर्जी शिर नाप गर्छन्
नापेर काट्दै कपडा यी भर्छन्।
भित्री सुतीको सजिलो यी भन्छन्
ज्याला मिलेको दिनरात गन्छन्।।६

छन् आज धेरै यसमा डुबेका
यी तान बुन्ने घरमा पुगेका।
छन् यी दलाली सय बीच किन्ने
मौका मिलेमा सय पन्द्र छिन्ने।।७

छन्द : इन्द्रवज्रा
गण : त त ज गु गु
सङ्केत : SSl  SSl  lSl  S  S

 

वि.सं.२०८० माघ ६ शनिवार ०७:४१ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...