back
CTIZAN AD

मुक्तक

वि.सं.२०८० माघ ६ शनिवार

2K 

shares

निर्मल रमण पराजुली,सामाखुसी, काठमाडौं

१.
बुढेशकालमा पाल्छ भन्दै, छोरा पाउँदा मख्ख पर्थ्यौ
छोरी भन्दा त्यो छोरालाई, कति धेरै प्यारो गर्थ्यौ
अहिले छोराले भोकै पार्दा, छोरीले पो पालेकी छे
छोरीको गर्भ तुहाएको भए, आज खान नपाई मर्थ्यौ

२.
गरिबीबाट मुक्ती पाउन, कैयौं समुन्द्व कटाईन्छ छोरो
आगोको भुँग्रो जस्तै गर्मीमा, काममा उता खटाइन्छ छोरो
पैसा लिएर जहाजमा उड्दै, छोरो आउँछ भन्दा भन्दै
लाश बुझ्न जानुपर्छ उताबाट, बाकसमा पठाइन्छ छोरो

३.
पिठ्यूँ माथी मलाई बोकी, पछ्यौरीले बाँन्थ्यौ आमा
मेलापात अनि घास दाउरा, आफुसँगै लान्थ्यौ आमा
तिम्रो मायाँ सम्झि ल्याउँदा, यस्तो लाग्छ अहिले मलाई
आफ्नो मुटू भन्दा पनि, मलाई प्यारो ठान्थ्यौ आमा

४.
आमासँग छुट्टिई बसें, मैले बिहे गरेपछि
श्रीमति र आमाको बिचमा, सधैँ झगडा परेपछि
श्रीमतीलाई काखि च्यापी, पर परै पार्थें आमा
पश्चाताप पो लाग्न थाल्यो, अहिले आमा मरेपछि

५.
तिमीले मलाई मुटु भन्दा प्यारो ठान्छु भनेपछि
हिम्मत गरि तिमीसँग, साँच्चै जान्छु भनेपछि
मङ्सिर होस् या पौष, पञ्चेबाजा बजाई दिन्छु
तिमीले मलाई मैले पुज्ने, देवता मान्छु भनेपछि

 

 

वि.सं.२०८० माघ ६ शनिवार ०७:४२ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...