back
CTIZAN AD

लघुकथाः अनुदान अनुगत

वि.सं.२०८० माघ ६ शनिवार

2.1K 

shares

मनीषकुमार शर्मा ‘समित’, मध्यपुर थिमी

‘खोइ त यही हो तपाईंले गरेको लगानी ? त्यत्रो कृषि अनुदान लिनुभएको छ । खै त्यो पैसा कहाँ खर्च गर्नुभयो ? जथाभाबी खर्च गरेर हुन्छ, हिसाब देखाउनुस् ।’
– अनुगमन अधिकारीले अलि झर्को मानेर भने ।

‘किन रिसाउनु हुन्छ सर, मसँग एक–एक हिसाब छ । ल हेर्नुस् हिसाब ।’
– पीडित किसानलले सहज उत्तर दियो ।

आम्दानी

सरकारी स्वीकृत अनुदान रु. ५०,००,०००।–

खर्च
(१) अनुदान स्वीकृत गरिदिने सरकारी उच्चपदस्थ अधिकारीलाई
अनुदानको ५० प्रतिशतले हुन आउने रु. २५,००,००० ।–

(२) अनुदान स्वीकृतको लागि बिचमा भूमिका निभाउने
मित्रबन्धुहरूलाई रु. १०,००,०००।–

(३) अनुदान स्वीकृत गराउन लागेको बेला खाने बस्ने
तथा सवारी खर्च रु. १,००,०००।–

(४) परियोजना तयार गर्दा लागेको लागत रु. १,००,०००।–

(५) जग्गा भाडाबापत (एक वर्षको) रु. १,००,०००।–

(६) जग्गा बेराबारा गर्दा लागेको खर्च रु. १,००,०००।–

(७) स्थानीय अनुगमन टोली खर्च रु. २०,०००।–

(८) खोर र गोठ बनाउन लागेको खर्च रु. १०,००,०००।–

(९) बाख्रा –३ बोका –२ र केही कुखुराको चल्ला

आदि खरिद रु. ५०,०००।–

(१०) घाँस–दाना खर्च रु. २५०००।–

जम्मा खर्च रु. ४९,९५,०००।–

बाँकि रकम रु. ५,०००।–

‘लिनुस हजुर । हजुरको भागमा यही ५,०००।– रहेको छ ।’

 

वि.सं.२०८० माघ ६ शनिवार ०७:४३ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...