back
CTIZAN AD

गजल

वि.सं.२०८० माघ ६ शनिवार

1.7K 

shares

स्वर्ण शिखा,दाङ

गर्यौँ हामीले गन्थन इसारै इसाराले
प्रियाले दिइन् चुम्बन इसारै इसाराले

अगाडि सबै उनको प्रशंसा निकै गर्छन्
पछाडि कुरा काट्छन् इसारै इसाराले

मेरो बाटो छेक्ने दम थिएन उनीसङ्ग
पठाए मेरा दुस्मन इसारै इसाराले

फटाहाहरू सामू पुगेका थिए सज्जन
प्रमाणित गरे दुर्जन इसारै इसाराले

सयौँ शब्दले भन्नै नसक्ने कुरा जे छन्
ती सब भन्दछन् लोचन इसारै इसाराले

बहर : तबील मुसम्मन सालिम
अर्कान : फऊलुन् मफाईलुन् फऊलुन् मफाईलुन्
वजन : १२२ १२२२ १२२ १२२२
स्रोतः परिश्रमी पाठशाला

 

वि.सं.२०८० माघ ६ शनिवार ०७:४६ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...

गजल

गजल

किशोर कोइराला,इनरुवा , सुनसरी बाँच्नलाई जिउनु पर्ने जिन्दगीको के भरोसा...