back
CTIZAN AD

कविता : सिर्जना सजाऊँ नौलो!!

वि.सं.२०८० माघ ६ शनिवार

2.1K 

shares

कलानिधि दाहाल, काठमाडौं

म आएँ कहाँबाट थाहा भएन
कहाँ जान्छु त्यो भोलि थाहा भएन ।
कहाँ हुन्छ खै सम्झना यी दुवैको
म खोजेर हिँड्ने यता को यिनैको ??

न भेटे कसैले न भेट्ने छ कोही
लगाएर टीका कहाँ मिल्छ मोही ?
कराए कतै पार पाखण्ड जोगी
हराए कतै स्वार्थका लोभ भोगी ।।

म उस्तै छु अज्ञानको भारभित्र
छ उस्तै उता लुक्छ ऊ कारभित्र ।
समाएँ लता पुञ्जका पुञ्ज दौडेँ
सिपी भेट्छु भन्दै नदीपार पौडेँ ।।

भए भेटिने हो रहे भेटिने हो
धरा पाउ राखे सबै देखिने हो ।
हवामा उडेको उता पात बन्दा
कहाँ हुन्छ मान्छे मनोद्वेग चङ्गा ??

म छाँगो झरेको छु अग्लो चुमेर
म थाकेँ कहाँ खै शिला शैलनेर ?
सबै अन्ध छाडेर आऊ यता छु
सदा यो समाऊ विनाभाउमा छु ।।

छ कल्पनाको उचाकाश मेरो
बसेका झिना लाम लागेर घेरो ।
उता फाल थोत्रो सडेको चमेरो
र हो अग्लिँने जिन्दगीको छ घेरो ।।

छ विश्वास नौलो सुनौलो धराको
नयाँ खोज मेरो छ भित्री गराको ।
म आफैँ सके उठ्नलाई धरामा
अहा यो बिहानी यिनै कन्दरामा ।।

म थोत्रेर जम्दा सबै थोत्रिने छन्
मुसादाँत दाह्रा भरी कोत्रिने छन् ।
न गाऊँ गएका कुनै गीत गाना
लगाऊँ म गाता नयाँ पत्रपाना ।।

छ यो जिन्दगानी जमाना छ भोलि
पुराना सबै फाल यी वस्त्र खोली ।
लगाऊँ नयाँ रङ्गका रङ्ग नाना
चलौँ चाल यो नित्य नौलो जमाना ।।

छन्द : भुजङ्गप्रयात
गण : य य य य
सङ्केत : lSS  lSS  lSS  lSS

वि.सं.२०८० माघ ६ शनिवार ०७:४९ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...