back
CTIZAN AD

कविता : मेरा बाबा

वि.सं.२०८० माघ २७ शनिवार

1.5K 

shares

विदुर अधिकारी, रामपुर, चितवन

बाबा भर्छन् जिन्दगीमा इमान
माया गर्छन् राखिँदै सत् स्वमान
खोज्छन् गर्नै नित्य हाम्रै भलाइ
मेरा बाबा दिव्य लाग्छन् मलाई
(१)

पढ्नू धेरै भन्दछन् सत् पलामा
बन्नू ज्ञानी भन्दछन् यो धरामा
दिन्छन् अर्ती आत्म सङ्लो बनाई
मेरा बाबा दिव्य लाग्छन् मलाई
(२)

पर्दा पीडा जुट्दछन् हर्नलाई
साँचो माया गर्दछन् नित्य छाई
गल्ती गर्दा डाँट्दछन् किन्तु आई
मेरा बाबा दिव्य लाग्छन् मलाई
(३)

सेता सेता देखिएका कपाल
हेर्दा लाग्छन् अग्लिएझैँ हिमाल
बोल्छन् चर्को किन्तु हुन्नन् पराई
मेरा बाबा दिव्य लाग्छन् मलाई
(४)

हे ! छोरा हो उच्च संस्कार जानौँ
बाबालाई खिन्नतामा नपारौँ
बाबा आमा भूमिका चार धाम
हुन् है पुज्नू राखिँदै नित्य मान
(५)

छन्द : शालिनी
गण : म त त गु गु
सङ्केत : SSS SSl SSl S S

वि.सं.२०८० माघ २७ शनिवार ०७:२२ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...