उत्तम विचार, नुवाकोट
चिनी लाखौँमा एक छानेको मैले
तिमीलाई आफ्नैं हुँ ठानेको मैले ।
शिरोमणि नैँ हुन् परिश्रमी भन्ने ठानी
गलजका गुरु हुन् पूज्य मानेको मैले ।
भुल्यौ सायद पाथीभरा मेला भर्दा
समाई पछ्यौरी हुँ तानेको मैले ।
पढौला बाँकी भोलि गुरुआमा भन्छिन्
बताएँ आजै जति छु जानेको मैले ।
सयौँ पीडाले घाइते जीवन मेरो
बडो हैरानीले छु धानेको मैले ।
बहर-अनुराग
अर्कान-मुफाईलुन् फैलुन् मुफाईलुन् फैलुन्
वजन – १२२२ / २२ / १२२२ / २२
काफिया-आ
तहलिली रदिफ-नेको
रदिफ-मैले
वि.सं.२०८१ असार ८ शनिवार ०९:२३ मा प्रकाशित






























