back
CTIZAN AD

गजल

वि.सं.२०८१ असार ८ शनिवार

1.2K 

shares

वासुदेव ठकुरी, नुवाकोट

हुँ तस्करलाई वाण हानेको मैले
उडाएँ सातो देश खानेको मैले

अरू कोही छैनन् नजिक पर्ने मेरा
तिमीलाई हो मित्र ठानेको मैले

छु मैले काटेको कुरा तिम्रो कहिल्यै ?
तिमी जे जे भन्छौ छु मानेको मैले

तिमीले मेरो गुन जुनीभर देखेनौ
बुझ्यौ तिम्रो इज्जत हुँ धानेको मैले

सबैको राम्रो होस् म भन्ने मान्छे हुँ
कसैको खुट्टा छैन तानेको मैले ।

बहर – अनुराग
वजनः १२२२ / २२ / १२२२ / २२
काफिया : आ
तहलिली रदिफ : नेको
रदिफ : मैले

अर्कान : मुफाईलुन् फैलुन् मुफाईलुन् फैलुन्

वि.सं.२०८१ असार ८ शनिवार ०९:२५ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...