back
CTIZAN AD

गजल

वि.सं.२०८१ असार ८ शनिवार

1.4K 

shares

शर्मिला तिमल्सिना, धादिङ

कुरा गर्न राम्रै छु जानेको मैले
बोलेँ मीठो बोली छु ठानेको मैले

मेरो पीर बुझ्ने तिमीले हो आमा
तिमीलाई धर्ती छु मानेको मैले

कसैलाई पाएँ हजारौँको भिडमा
तिनैलाई स्वामी छु छानेको मैले

दियो धोका उसले जवानीमा साथी
लिएँ हिम्मत खुद घर छु धानेको मैले

भएँ पागल तिम्रो वदन देख्दा प्यारी
देखेँ सपनामा हात तानेको मैले

बहर : अनुराग
वजन : १२२२ / २२ / १२२२ / २२
अर्कान ? मुफाईलुन् फैलुन् मुफाईलुन् फैलुन्
काफिया ? आ
तहलिली रदिफ :  नेको
रदिफ : मैले

 

वि.सं.२०८१ असार ८ शनिवार ०९:२८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...