back
CTIZAN AD

कविता : मान्दैन पापी घिन

वि.सं.२०८२ असार ७ शनिवार

909 

shares

अलख निरन्जन लोहार
टीकापुर कैलाली, हाल – भारत

रोयौँ रक्त बगे सुके रहरका उत्साहका सागर,
सत्ताबाट चियाउने नजरमा लाग्यो रतन्धो तर,
मैला हात जवान मर्छ रणमा गोर्खा हिड्यो लाहुर,
जस्का लागि म ज्यान हाल्छु सहजै खादैँछ मेरो धुर ।१।

पल्केको छ सुटुक्क पस्छ घरमा ढाडे विरालो जसै,
छन् भेदी घर भित्रमै अधमका हो मित्र भन्छन् तसै,
केही छैन पता कहाँ मगन भो कुन् ठाम के गर्दछ,
नेताका दिलबाट स्वप्न मनमा बस्दै सिमा हर्दछ ।२।

झम्टे रोष कडा दियो समयमै त्यो चोट हो जान्दछ,
छोडेमा हर बार लाग्छ गलती क्यै हुन्न भो मान्दछ,
नेपाली अब जाग बोल्न बढ है होस् न्यायको स्थापना,
गोर्खा छाप नयाँ बुझोस् सहजले अंग्रेजÞको सम्झना ।३।

नेपाली हद पार गर्छ जसले पढ्नू कथा वीरका,
सोचून् देश बनाउने लहजमा नेता बनून् धीरका,
काटे हुन्छ दलालका शिर सबै हुन्थ्यो सफा आँगन,
राखेमा सत भावना हृदयमा होस् देश जित्ने मन ।४।

यूवाले पनि काम देश भरमा गर्ने अवस्था बनोस्,
आफ्नो साख बचाउने करमले नेपाल आहा भनोस्,
लाखौं छन् त विदेशको कहरमा देख्दैन सत्ता किन,
रातो बाकस रेमिट्यान्ससितमा मान्दैन पापी घिन ।५।

छन्द : शार्दूलविक्रीडित
गण : स म स ज स त त गु
गण सङ्केत : SSS  IIS  ISI   IIS  SSI  SSI   S

वि.सं.२०८२ असार ७ शनिवार ०७:४६ मा प्रकाशित

झिल्का कविताहरू

झिल्का कविताहरू

विकास क्षेत्री अञ्जान बिजनबारी बजार, भारत १ नेताले कसम खायो...

कविता : हो देह यो मन्दिर

कविता : हो देह यो मन्दिर

अलख निरन्जन लोहार टीकापुर कैलाली हाल : भारत आँधीको मन...

कविता : तर देश नाङ्गो नहोस्

कविता : तर देश नाङ्गो नहोस्

विदुर अधिकारी, रामपुर,चितवन मैल्योस् आङ समस्त गन्धिक बनी ,तर चेत...

कविता : युगयुगौँ मेरो यही कामना

कविता : युगयुगौँ मेरो यही कामना

दीनानाथ पोख्रेल सुम्बेक, इलाम-२, इलाम संस्था होस् गतिशील उठ्दछ उँभो...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...