back
CTIZAN AD

बेल्जियममा कांग्रेस नेता स्वर्गीय खुम बहादुर खड्काप्रति श्रदान्जली

वि.सं.२०७५ वैशाख १ शनिवार

822 

shares

b2१३ अप्रिल, बेल्जियम । नेपाली जनसम्पर्क समिती बेल्जियमले स्वर्गीय खुम बहादुर खड्काको १३ औँ पुन्यतिथीको दिन पारेर गत बुधवारका दिन एक श्रदान्जली सभा सम्पन्न गरेको छ । नेपाली जनसम्पर्क समिती बेल्जियमकी सभापती सीता सापकोटाको सभापतित्व र संस्थापक अध्यक्ष ध्रुरुबराज पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न उक्त श्रदान्जली सभामा स्वर्गीय खुम बहादुर खड्काको स्मरणमा एक मिनेट मौनधारण गरिएको थियो ।
नेपाली जनसम्पर्क समिती बेल्जियमका उपाध्यक्ष नरहरी सापकोटाले स्वागत मन्तव्य, नेपाल तरुणदलका पूर्वकेन्द्रीय सदस्य एवं महाधिवेशन प्रतिनिधी बलीराम झाले खड्काको जीवनीको बारेमा ब्याख्या गरेका थिए ।
संघीय समाजवादी पार्टी बेल्जियमका महासचिव लोक राना, ओएनएफ बेल्जियमका अध्यक्ष बोधराज पौडेल, एनआरएनए बेल्जियमका उपाध्यक्ष खड्ग बहादुर केसीले स्वर्गीय खुम बहादुर खड्का नेपाली लोकतान्त्रिक आन्दोलनमा एक योद्धा भएको बताउँदै खड्काको निधनले सिंगो लोकतन्त्रलाई नै क्षति पुगेको धारणा राखेका थिए ।

b1
त्यस्तै नेपाली जनसम्पर्क समिती बेल्जियमका पुर्व अध्यक्ष ईन्द्र क्षेत्री पकवान, नेपाली जनसम्पर्क समिती बेल्जियमका निबर्तमान अध्यक्ष शुभाष जोसी (सन्तोष( एन आर एनए आईसीसी सचिव जानकी गुरुङले स्वर्गीय खड्का नेपाली कांग्रेसको मात्रै नेता नभई मुलुककै नेता तथा कांग्रेसका कार्यकर्ताहरुको जिम्मेवार अभिभावक रहेको बताउादै उनलाई अनायासै राजनीतिक पुर्वाग्रहले अभियोग लगाईएको र काग्रेसी कार्यकर्ताको लागी उक्त अभियोग कदापी सैह्य नभएको बताएका थिए ।

b3
त्यस्तैगरी प्रमुख अतिथीको आसनबाट संस्थापक अध्यक्ष ध्रुबराज पौडेलले स्वर्गीय खुम बहादुर खड्काको निधनले काग्रेसहरु टुहुरो बनेको बताउँदै एउटा निडर र साहसी अभिभावक गुमाएका बताए । पौडेलले खड्काले पार्टी तथा मुलुकको लागी गरेको त्याग र योगदानको मुक्तकण्ठले प्रसंसा गर्दै एक सच्चा र ईमान्दार नेतामाथी लगाईएको मिथ्या आरोपको बिरोध गरेका थिए ।
शोकसभा कार्यक्रममा सभापतिको आसनबाट बोल्दै सभापति सीता सापकोटाले आफ्ना प्रिय नेता गुमाउनु पर्दाको पिडा ज्यादै दुखदायी भएको र पार्टीको एउटा ठूलो खम्बा ढलेको, कार्यकर्ताका एक बलियो संरक्षक गुमेको तथा नेपालको प्रजातांत्रिक एवं लोकतान्त्रिक आन्दोलका एक होनाहार योद्दाको अन्त्य भएको यस दुःखद घडीमा आँफु लगायत नेपाली जनसम्पर्क समिती बेल्जियम र सिंगो कांग्रेस मर्माहत बनेको बताइन् । उनले यस दुःखद निधनले नेपाली काग्रेसलाई अपुरणिय क्षति पुगेको कुरा ब्यक्त गर्दै जीवनको अन्तिम घडीमा उनीमाथि लगाईएको मुद्दा सरासर राजनीतिक पुर्वाग्रहीबाट आएको र त्यो आरोप नेपाली काग्रेसले कदापी नस्वीकार्ने बताएकी थिइन् ।

उक्त श्रदान्जलीसभामा नेपाली कांग्रेस पूर्वमहाधिवेशन प्रतिनिधी उल्का घिमिरे, पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसी, क्षेत्री समाज बेल्जियमका अध्यक्ष नरेन्द्र बस्नेत, नवलपरासी समाज बेल्जियमका अध्यक्ष रमेश सापकोटा, शेर्पा समाज बेल्जियमका अध्यक्ष शोनम शेर्पा, लुम्बिनी कपिलबस्तु अभियान बेल्जियमका अध्यक्ष दामोदर आचार्य, काभ्रेली समाज बेल्जियमका अध्यक्ष दिनेश उप्रेती, तमु समाज बेल्जियमकी बरिष्ठ उपाध्यक्ष दुर्गा गुरुङ, बाग्लुंग समाज बेल्जियमका महासचिव प्रमानन्द सापकोटा लगायत उपस्थित सम्पुर्णले स्वर्गीय खुम बहादुर खड्काको तस्बिरमा माल्र्यार्पण गरेका थिए ।
उक्त श्रदान्जली सभाको संचालन नेपाली जनसम्पर्क समिती बेल्जियमका प्रबक्ता जगदिश सापकोटाले गरेका थिए ।

वि.सं.२०७५ वैशाख १ शनिवार १४:५२ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...