
मालदिभ्समा कार्यरत नेपालीले नयाँवर्ष २०७५ लाई स्वागत गरेका छन् ।
सन्तोष थापा मगरको विशेष पहल तथा ‘बाँके बर्दिया राइजिङ स्टार मालदिभ्स’ को आयोजनामा मालदिभ्समा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरु २०७४ लाई विदाई गर्दै नयाँवर्ष २०७५ को स्वागतमा बनभोज सम्पन्न गरेका छन् ।
मालदिभ्सको राजधानी मालेबाट केही घण्टा पानी जहाजबाट यात्रापछि पुगिने आइल्याण्ड (Guraidhoo island) मा पुगेर बनभोजको आयोजना गरिएको हो ।

झण्डै साढे तीन सयको हाराहारीमा नेपालीहरुको सहभागिता रहेको उक्त बनभोज कार्यक्रम चैत ३० गते (२०७४ को अन्तिम दिन) आयोजना गरिएको हो ।

उक्त बनभोज कार्यक्रममा माल्दिभ्समा कार्यरत दाजुभाई तथा दीदीबहिनीले शुभकामना आदान प्रदान गरेर शुख, शान्ति, सु–स्वास्थ्य तथा समृद्धिको कामना गरेका थिए ।
मालदिभ्समा झण्डै ८ हजारको हाराहारीमा नेपाली रहेका छन्

वि.सं.२०७५ वैशाख १ शनिवार १४:२८ मा प्रकाशित






























