back
CTIZAN AD

युरोप पुगेर एनआरएनए अध्यक्ष पन्तले भने-दलाल र भू-माफियाको षडयन्त्रमा फसियो

वि.सं.२०७६ फागुन १३ मंगलवार

639 

shares

१३ फागुन, युरोप । गैरआवासीय  नेपाली संघ एनआरएनका अध्यक्ष कुमार पन्तले एनआरएनलाई दलाल र भू–माफीयाले फसाएको वताएका छन् ।

गैरआवासीय नेपाली संघ स्पेनको आयोजनामा बार्सिलोनामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा एनआरएनको भवन निर्माण गरिएको बालुवाटारको जग्गा प्रकरणको वास्तविकता के हो भनी सहभागीहरूको प्रश्नमा पन्तले भने ‘हामीलाई दलाल एवं भू–माफीयाहरूले षड्यन्त्रपूर्वक फसाए ।’

चुनावताका जस्तो जोश जाँगर हराएको जस्तो मलिन अनुहारमा देखिएका अध्यक्ष पन्तले दुखेपो पोख्दै भने, ‘उक्त जग्गा खरीद गर्नुपूर्व हामीले विश्वासको भरमा काम गर्यौ, यो नै हाम्रो गल्ती भयो ।’

‘संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष शेष घले, जिवा लामीछाजीने सबैसँग मैले सम्पर्क गरेको छु’ अध्यक्ष पन्तले भने, ‘निवर्तमान अध्यक्ष भवन भट्टसँग कुराकानी हुन पाएको छैन । छिट्टै कुराकानी गर्दैछु । मार्चको अन्तीम हप्ता काठमाडौमा छलफल तय भएको छ ।’

अध्यक्ष पन्तले आफूले कसैलाई पनी नचिनेको तथा भित्र भित्र बुझ्दै जाँदा जग्गा कसको हो अझै पत्ता लागीनसकेको पनि बताए । ‘एकले अर्कालाई अर्काले फेरि अर्कोलाई देखाईरहनु भएको छ, मैले कसैलाई पनि चिन्दीन, आईसीसी लगायत एनसीसीहरूमा पनि यो धेरै छलफलको बिषय बनेको छ, अध्यक्ष पन्तले भने, ‘धेरै एनआरएनए साथीहरुले सोधीरहनु भएको छ, छिट्टै हामीले यसको वास्तविकता बताउने छौ ।’

अध्यक्षमा निर्वाचित भएसँगै कतारपछि बार्सिलोनामा पहिलो औपचारिक कार्यक्रममा भाग लिएको वताउँदै पन्तले भने, सँंस्थाको आर्थिक विषयमा धेरै कुराहरू आईरहन्छन् तपाईहरूको ५–५ डलरको सहयोग जम्मा भएर नै संस्था चल्ने हो ।’

अध्यक्ष पन्तले थुप्रै आयोजनाहरू बनाईरहेको बताउँदै कतिपय शुरूवातको क्रममा रहेको समेत बताए । एनआरएनले गरेका सबैजसो आयोजनाहरूको पहिला बजेट अनुमान एउटा हुने र सम्पन्न हुदै गर्दा लागतमा बृद्धि हुने देखिएको बताउँदै उनले भने, ‘यसलाई पूरा गर्न फेरी चन्दा संकलन गर्नुपर्ने बाध्यात्मक स्थितिले आर्थिक कारोबारहरूमा प्रश्न चिन्ह आउने गरेका हुन् जस्तो मलाई लाग्छ ।’

‘काठमाडौमा सुविधासहितको नमुना शौचालय हरू बनाउन लागेका छौ र करिब पाँचवर्ष हाम्रै स्वामित्वमा रेखदेख संरक्षण गरिने गरी महानगरपालिकासँग सम्झौता पनि भएको छ, उनले भने, ‘यी सबै तपाईहरूको सहयोग बाट नै पूरा हुने हुन् । यसको लागी सबैसँग सहयोगको अपेक्षा समेत गरेको छु । अरबौको लगानी हामी नेपाल लग्दै छौ ।’

एनआरएनए चुनावमा धेरै पैसाको चलखेल हुने गरेको विषय सत्य रहेको र एनआरएनको मतदानको विषयमा पन्तले अबका चुनाव बिना पैसा सदस्य बन्न पाउने र चुनावमा भोट दिन काठमाडौ नगई जहाँ बसेको छ त्यही देशबाट अनलाईन सिस्टम मार्फत मतदान गर्न पाउने बताए ।

‘धेरै पैसा हुने अध्यक्ष र अलि कम हुने उपाध्यक्ष यसरी समाजमा विकृति ल्याउने र संस्थाको भबिष्यमा समेत प्रश्न चिन्ह खडा हुन कत्ति पनी बेर छैन । संस्था दिगोरूपमा जोगाउन यसतर्फ ध्यान दिनु जरूरी छ’ पन्तले थपे ।

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको प्रमुख आथित्यतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा मन्त्री ज्ञवालीले गैरआवासीय नेपालीहरूलाई जहाँ जसरी रहे पनि आफ्नो काममा दक्षता हासील गर्दै केही समय, सीप तथा लगानी नेपालमा पनि लगानी गर्नु सकेको खन्डमा त्यसबाट रोजगारी सृजना हुने र दोहोरो फाईदा हुने बताएका थिए ।

मन्त्री ज्ञवालीले नेपाल सरकारले डायस्पोरामा रहेका नेपालीहरूको सुख दुःख र हरेक समस्यामा साथ दिने प्रतिबद्धता समेत जनाएका थिए ।
स्पेनले नेपाली दूताबास पाएको बताउँदै मन्त्री ज्ञवालीले काठमाडौमा स्पेनीस दूताबास निर्माण गर्न पहल गर्ने तथा निटक भविस्यमै समय मिलाएर स्पेनका परराष्ट्र कुटनीतिक लेवलमा आफूले भ्रमण गरेर दुई देशबीचको कुटनीतिक सम्बन्धलाई अझ बिस्तार गर्ने समेत बताए ।

गÞैरआवासीय नेपाली संघ स्पेनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्पेन लगायत पोर्चुगल, बेल्जीयम, जर्मनी, नेदल्यान्ड लगायतमा देशमा रहेका बिभिन्न नेपाली संघ संस्थाका प्रतिनीधीहरूको उपस्थित रहेको थियो ।

वि.सं.२०७६ फागुन १३ मंगलवार ०८:०२ मा प्रकाशित

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...