back
CTIZAN AD

एनआरएनएको (आइएस) बैठक सम्पन्न,यी हुन् बैठकले गरेका सात निर्णयहरु

वि.सं.२०७६ फागुन १८ आइतवार

723 

shares

१८ फागुन, काठमाण्डौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आईएस) बैठक निम्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

संघको शनिबार बसेको बैठकले विभिन्न सात निर्णयहरु गरेको संघका केन्द्रीय प्रवक्ता डिवी क्षेत्रीले संसारन्युजलाई बताएका छन् ।
यी हुन् बैठकले गरेका ७ निर्णयहरु

१-बैठकले कुवेतमा काम गर्दा गर्दै बालुवाले पुरिएर मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जिलि व्यक्त गरेको छ । साथै गम्भिर घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत बैठकले गरेको छ । बैठकले मृतकहरु र घाईतेहरुको उचित क्षतिपूर्ती दिलाउनका साथै मृतकका शब यथाशिघ्र नेपाल पठाउनको लागि पहल गर्न नेपाल सरकार सँग माग गरेको छ । दुर्घटनामा परि मृत्यु भएका परिवार र गम्भिर घाईते भएका नेपालीहरुको लागि अन्तराष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुले सहयोग स्वरुप जनही रु. १ लाख प्रदान गर्ने निर्णय बैठकमा गरिएको छ ।

२-संघको केन्द्रिय कार्यालय रहेको बालुवाटारको घरजग्गा सम्बन्धि विवाद मिलाउन कानुनी लगायत अन्य पहल भईरहेको र विश्वभरीका एनआरएनए सदस्यहरुको सहयोग तथा लगानी खेर जान नदिन आवश्यक छलफल र पहल भईरहेको जानकारी बैठकमा गराईएको थियो । यस सम्बन्धमा अध्ययन गर्न बनेको समितिलाई सकेसम्म छिटो अध्ययन प्रतिवेदन पेश गर्न बैठकले अनुरोध गरेको छ ।

३- यस कार्यकालका लागि गठन हुने विभिन्न समितिहरुलाई १५ दिन भित्र पुर्णता दिने निर्णय बैठकले गरेको छ ।

४- गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिका वडा नम्वर ५ बगुवामा बन्दै गरेको एकीकृत मिलन नमूना वस्तीलाई गैरआवासीय नेपाली संघले करीव ३० लाख बराबरको जस्तापाता उपलब्ध गराएकोमा नमूना वस्तीको निर्माण कार्य अघि बढ्न लागेकोमा बैठकले खुशी जाहेर गरेको छ ।

५ -दोश्रो पुस्ता (Second Generation) का एनआरएनहरुलाई नेपाल संग जोड्न र उनीहरुलाई सामाजिक तथा सांस्कृतिक रुपमा आबद्ध राखी मातृभूमी प्रति जिम्मेवारी बोध गराउन सो सम्बन्धी एउटा छुट्टै समिति बनाउने र गैरआवासीय नेपालीहरुलाई आफू बसेको मुलुकमा समेत राजनैतिक र सांस्कृतिक रुपमा सक्रिय बनाउन बैठकले एक वेग्लै समिति बनाउने निर्णय पनि गरेको छ ।

६ -नेपालका दुर्गम वस्तीका छात्राहरुको शौचालय निर्माणको सहयोगको लागि मार्च ८ तारिखका दिन काठमाडौंमा गर्न लागिएको च्यारिटि डिनर कार्यक्रममा सहयोग गर्न सबै एनसिसिहरुलाई बैठकले अनुरोध गरेको छ ।

७ -विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाईरसबाट बच्न उच्च शतर्कता अपनाउन सबैलाई अपिल समेत बैठकले गरेको छ ।

वि.सं.२०७६ फागुन १८ आइतवार १९:०४ मा प्रकाशित

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...