back
CTIZAN AD

कविताः कृषक अनि अक्षर

वि.सं.२०७७ साउन १० शनिवार

1K 

shares


डोकोको स्कुल ब्यागबाट
काँटा-कोदालोको कलम झिक्छन्
चन्द्रेदाईले,
आली-आली उफ्रिन्दै सिक्छन् क,ख,ग,घ
अनि लेख्छन् अ,आ,इ,ई
मकैका दानाहरू छर्दै-भेलापार्दै सिकेका हुन्
जीवनका गणित
खेत र पाखा बारीबाटै सिकेका हुन्
जोड्, गुणा र घटाऊ
हो, त्यसैले उम्रिन्छ बीऊहरूको ‘अक्षर’ !
आलस्यपनको गोरूहरू भक्कुचुर जोत्छन्
परिश्रमको मलहरू खनाउँछन्
अनि फर्काउँछन् कुलोहरू पसिनाको
खेतको पुस्तकबाट
भावना र अक्षरका बीऊहरू काडेर
रोप्छन् अनि उमार्छन्
धान, कोदो र मकैका शब्दलहरहरू
आह…अब भने
लेखिन्छ फसलहरू कविता
अन्नबालीका लह-लह साहित्य
खेत नै पाठशाला हो,
परिश्रम नै अध्यापक हो,
उब्जाऊ नै हौसला हो,
चन्द्रेदाई अनि उनको परिवारलाई….!!,

वि.सं.२०७७ साउन १० शनिवार ०९:१३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...