back
CTIZAN AD

मुक्तक

वि.सं.२०७७ साउन १० शनिवार

1.4K 

shares

झुपडीको बाँस भित्र प्रिय अपार माया तिम्रो पाएकी छु
सिस्नु र ढिडो पनि तिमिसगै बसि रमाउदै खाएकी छु
मायाको यो विशाल दरवार भित्र भित्रै नै रमाउदै
हर जुनि तिम्रै हुन पाउ भन्ने कसम खादै आएकी छु

तिमी मेरो कृष्ण हौ म त तिम्रो राधा
तिम्रो मेरो उमेर पनि कटिसको आधा
अर्को जुनि भेट हाम्रो होला कि न होला
यो जुनिमा मृत्यु तिमि नबनिदेउ बाधा

शान्ति सुरक्षा फितलो छ देशमा आज भोलि
राजधानी भित्रै नै बन्न थाले अब वम र गोलि
पदकै लागिमात्र सधै कति दौडन्छौ ए नेताहरू
सिदुर पुछी टुहुरा बनाई रगतको नबगाउ खोली

घमण्डको रुख कहिल्यै पनि नचढ सानू
आफ्नो भाग्यमा जे नै छ तेहि पर्छ खानु
जे जस्तो तिमिसँग छ त्यसैमा रमाउने गर
मरेर जादा हेर हामीले के छ र लानु

उपत्यका बसेको छ काकाकुल बनी
एडिबिका पैसाले भए नेताहरु धनी
नाफा धेरै भयो रे ठेक्दार भग्दा भन्छन्
ठेक्का पट्टा मन्त्रालय धाउन थाल्यो अनि

वि.सं.२०७७ साउन १० शनिवार ०९:१४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...