back
CTIZAN AD

कविताः राम्रो छु भन्छ ‘खाल्डो’ चाम्रो यथार्थ बोकी

वि.सं.२०७७ साउन १० शनिवार

855 

shares

डाँडाहरू उचाली आकाश हेर्छ खाली
सारा समाज आँट्ने छाती उदात्त पारी ।
इच्छाहरू सबैको पूरा गरेर हो कि
राम्रो छु भन्छ ‘खाल्डो’-चाम्रो यथार्थ बोकी ।।१।।

माथा कपाल आँखा ती पाउ हात काया
अर्पेर गाउँलाई भन्थ्यौ म हुन्न माता ।
कर्तब्य बुझ्न बाँकी छैनन् भनेर हो कि
राम्रो छु भन्छ ‘खाल्डो’– चाम्रो यथार्थ बोकी ।।२।।

ठूला महान मान्छे माली र फूलबारी
सत्ता सदैव मेरा नेता बहाल मन्त्री ।
झुक्छन् अगाडि आई साँच्चै बुझेर हो कि
राम्रो छु भन्छ ‘खाल्डो’ -चाम्रो यथार्थ बोकी ।।३।।

बस्ती बहार खोज्दै बाटो बटार्छ मैमा
पेशा बजार पस्दै पैसा निखार्छ मैमा ।
बेरोजगार अड्ने मैदान ठान्न हो कि
राम्रो छु भन्छ ‘खाल्डो’-चाम्रो यथार्थ बोकी ।।४।।

मौरीहरू मलाई माया महान गर्छन्
रानो रहेस् सधैँ नै भन्दै उचाइ थप्छन् ।
दुःखै हुँदैन दोस्रो दर्जा सिएर हो कि
राम्रो छु भन्छ ‘खाल्डो’–चाम्रो यथार्थ बोकी ।।५।।

धूलो लतार्न यात्रा, यात्री करार थप्छन्
भाडा असुल्न जात्रा प्रत्येक ठाउँ गर्छन् ।
आफै लुटेर आफ्ना, चाहिन्न भन्न हो कि
राम्रो छु भन्छ ‘खाल्डो’ चाम्रो यथार्थ बोकी ।।६।।

ऐचौँ न चल्छ पैँचो, सम्बृद्धि गोप्य बस्छन्
भोको छ पेट खाली, सद्भाव नित्य रुन्छन् ।
टाढा भएर के भो हीरा भनेर हो कि
राम्रो छु भन्छ ‘खाल्डो’ चाम्रो यथार्थ बोकी ।।७।।

पूर्वीय सभ्यताको नासो अध्यात्म बस्ने
केन्द्रीय काठमाण्डौ नै हो विराट बस्ने ।
धर्मार्थ मुख्य नाता कर्तब्य चिन्न हो कि
राम्रो छु भन्छ-‘खाल्डो’ चाम्रो यथार्थ बोकी ।।८।।

छन्दः दिक्पाल

वि.सं.२०७७ साउन १० शनिवार ०९:१८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...