back
CTIZAN AD

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा भारी मतसहित नन्द गुरुङ विजयी

वि.सं.२०७८ साउन १८ सोमवार

654 

shares

२ अगस्त, अष्ट्रेलिया । एनआरएनए अस्ट्रेलियाको अध्यक्ष नन्द गुरुङ्ग विजयी भएका छन् । अध्यक्ष गुरुङले आफ्ना प्रतिद्धन्द्धी ज्ञानेन्द्र रेग्मीलाई झण्डै ४ हजार मतले पछि पार्दै विजयी भएका हुन् ।

जुलाई ३१ मा अनलाइनमार्फत् भएको निर्वाचनमा सिड्नी निवासी गुरुङले ८,५८६ मत ल्याएर विजयी भएका हुन् भने डा रेग्मीले ४,८७९ मत ल्याएर पछि परेका छन् ।

त्यसैगरी महासचिव पदका लागि भएको निर्वाचनमा क्यानवेराका राजुबाबु अधिकारीले ७,८१५ मत सहित बिजयी भएका छन् भने उनका प्रतिद्वन्दी अच्युत शर्मा थपलियाले ४,५७३ मत प्राप्त गरेका थिए ।

त्यस्तै सन्ध्या शाहले ८,१२२ मत ल्याएर सचिव पदमा विजयी भएकी छन् भने उनका प्रतिद्धन्दी तीर्थराज कार्कीले ४,४३३ मत प्राप्त गरेका थिए ।

त्यस्तै समितिको सहकोषाध्यक्षमा राजकुमार नगरकोटीले ७,६८३ मत ल्याएर विजयी भएका छन् भने युवा संयोजकमा भिक्टोरीयाका बवीन मिश्रले ७ हजार ८ सय ६६ मतसहित विजयी भएका छन् ।

त्यस्तै एनआरएएनए अस्ट्रेलियाको भगिनी संस्था नारी निकुञ्जको संयोजकमा एडिलेडकी मञ्जु खड्का ७,८६४ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् ।

त्यस्तै न्यू साउथवेल्सको राज्य सँयोजकमा देववहादुर गुरूङ, क्यानबेरा संयोजकमा अशोक बस्नेत, क्विन्सल्याण्ड संयोजकमा विनोदभक्त आचार्य, दक्षिण अस्ट्रेलिया संयोजकमा रेनुका लामा, तास्मानिया संयोजकमा राकेश शाक्य र नर्दन टेरिटोरी संयोजकमा विष्णु चापागाईँ विजयी भएका छन् भने भिक्टोरिया राज्य संयोजकमा हरि खड्का र वेष्टर्न अस्ट्रेलिया राज्य संयोजकमा दीपक बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।

एनआरएनए अष्ट्रेलियाका कूल १५,२९८ मतदातामध्ये १४,२३३ मत खसेको थियो । त्यस्तै आइसिसी संघको आइसिसि सदस्यहरुमा बुद्धि डल्लाकोटी, पर्शुराम अधिकारी, प्रज्वल भट्टराई, राजेश बुढाथोकी, प्रेमप्रसाद कँडेल, सूर्य आचार्य, परेशशराज घिमिरे र नविन भण्डारी विजयी भएका छन् ।

वि.सं.२०७८ साउन १८ सोमवार १५:१० मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...