back
CTIZAN AD

एनआरएनए आइसीसी महिला संयोजकमा संगीता मरहट्टाले उम्मेदवारी दिने

वि.सं.२०७८ भदौ १८ शुक्रवार

939 

shares

१८ भदौ, काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को दशौ विश्व सम्मेलनमा युकेबाट संगीता मरहट्टाले महिला संयोजक पदका लागि उम्मेद्वारी दिने भएकी छन् ।

एनआरएनएको अभियानमा निरन्तर सक्रिय रहदै आएकी सन्चारकर्मी मरहट्टाले .२०११-२०१३ कार्यकालको एनआरएनए युके महिला संयोजक, २०१३-२०१५ एनआरएनए युके सचिब, २०१५–२०१७ आईसिसि सदस्य, २०१७-२०१९ एन आरएनए युरोप महिला संयोजकका साथै २०१९-२०२१ एन आरएनएको अभियानसगै मानार्थ परिषद सदस्य पदमा रहेर आफ्नो कार्य क्षमता प्रस्तुत गरिसकेकीछन् ।

सरल र मिजासिलो स्वभावकी मरहट्टालाई एनआरएनएको संस्थागत विकासमा परिपक्वता भएकी अभियान्ताको रूपमा हेरिन्छ । मरहठ्ठाले नेपालमा रहदा समेत विभिन्न समाजिक सस्थाहरुमा रहेर महत्वपूर्ण भुमिका समेत निभाएकी थिईन् ।

बिश्व संजालमा फैलिएको एनआरएनएलाई सस्थागत बिकास तथा सस्थाको मर्म र भावना अनुरुप ब्यक्तित्व बिकास समेत आवश्यक रहेको भन्दै पछिल्लो पुस्तालाई नेपालप्रतिको सामिप्यता र उत्तरदायित्व बहन गर्दै अगाडी बढाउनमा जोड दिइने उनी बताउँछीन् ।

नेपालको समृद्धि र बिकासमा सामुहिक लगानी र पर्यटन प्रबर्द्धनमा जोड दिदै नेपाल सरकारसँग समन्वय गर्दै विभिन्न देशहरुमा नेपालीले भोग्नुपरेको समस्यालाई समाधान गर्न आफु तत्पर रहेको समेत उनी बताउँछीन् ।

मरहट्टाले मुलुक बाहिर रहेका प्रत्येक नेपालीले ‘एनआरएनए मेरो हो’ भन्ने बनाउन अझै नसकिएको हुनाले सबैलाई समेट्न अझ धेरै पहल गर्न बाकी रहेको बताउँछीन् । सोहि अभियानलाई सार्थक बनाउन सामुहिक नेतृत्व सहित टिममा सबै मिलेर कार्ययोजना नै बनाएर आउने भन्दै सबैको साथ र सहयोगका लागि समेत मरहठ्ठाले अपिल गरेकी छन् ।

No description available.

वि.सं.२०७८ भदौ १८ शुक्रवार १५:१० मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...