back
CTIZAN AD

साइप्रसमा साकेला धुमधामका साथ मनाइयो

वि.सं.२०७४ जेठ १९ शुक्रवार

960 

shares

sakela-in-cyprus

दिनेश गौतम (हरिजन)
साइप्रस, निकोसिया किराँत राईहरुको महान चाड साकेला नाचलाई साइप्रसमा रहेका राई समुदायले धुमधामका साथ मनाएका छन् ।

आप्रवासमा रहेपनि आफ्नो परम्परा तथा चाडबाडलाई जिवितै राख्न साइप्रसमा बसोबास गरिरहेका सबै राई समुदायले साइप्रसको निकोसियामा महान चाड साकेला नाच कार्यक्रमको आयोजना गरिएको थियो।

साइप्रसमा बसोबास गर्ने सम्पूर्ण नेपाली समूदायलाई कार्यक्रममा उपस्थिती जनाइदिन राई समुदायले अनुरोध सहितको निमन्त्रण गरेको थियो । निम्तोलाई स्विकार्दै मे १४ तारिखमा आयोजना गरेको साकेला नाच कार्यक्रममा अनुमान गरेभन्दा धेरै पाहुनाहरुको उपस्थिती रहेको आयोजकले जनाएको छ ।
राष्ट्र गीतबाट सुरु भएको कार्यक्रममा राई पोसाकमा सजिएका सबै दिदीबहिनीहरुले बिभिन्न साकेला गीतमा आफ्नो नाचकला प्रस्तुत गरेका थिए ।

sakela-in-cyprus1साइप्रसमा यस प्रकारको कार्यक्रम पहिलो भएको आयोजकले जनाएको छ । आफ्नो परम्परा, संस्कृती, रितीरिवाज तथा भेषभूषाको जगेर्ना देश बाहिरै भएर पनि गर्न सकिने उद्धेश्यका साथ यस्तो कार्यक्रमको आयोजना अव उप्रान्त नियमित गरिने पनि आयोजकले जानकारी गराएको छ ।
कार्यक्रमको संयोजन धुर्व तारा राई, सेरबहादुर राई, रमिला राई, संगम राई, एस्टीना राई, गोमा राई, सरमिला राई, निरु राई र बसुन राईले गरेका थिए ।

वि.सं.२०७४ जेठ १९ शुक्रवार १२:५२ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...