back
CTIZAN AD

सुसेली

वि.सं.२०८२ वैशाख २७ शनिवार

912 

shares

उत्तम विचार, काठमाडौं

काग करायो
पिना सुक्यो घामले
आशा हरायो ।।१।

मूख्य यन्त्र होस्
मुलुकमा बलियो
लोकतन्त्र होस् ।।२।

बुझ्नुस् के रैछन्
गणतन्त्र भनियो
राजा धेरै छन् ।।३।

पात्र फेरियो
फेरिएन प्रवृत्ति
थुप्रै हेरियो ।।४।

खेल्छन् बहेली
हाम्रै वनपाखामा
मिठा सुसेली ।।५।

झुठा नाराले
तिन्कै कुरा पत्याए
सर्वहाराले ।।६।

हुन्न विकास
समस्याको नखोजी
राम्रो निकास ।।७।

जालझेलमा
देश रित्तो बनाए
सत्ता खेलमा ।।८।

भ्रष्टाचारीले
देश खाए रित्त्याए
आफैँ गन्हाए ।।९।

खै त चेतना
देश गयो भाँडमा
छैन सम्झना ।।१०।

वि.सं.२०८२ वैशाख २७ शनिवार ०८:०९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...