back
CTIZAN AD

कविता : द्वन्दको फल

वि.सं.२०८२ वैशाख २७ शनिवार

990 

shares

भुवन शिवाकोटी ‘चौघरे’, काठमाडौं

यहाँ
सिङ नभएकाहरू जुध्छन्
तिनीहरू हेर्दा मान्छे हुन्
तर
पशु जस्तै छन्

उनीहरूलाई थाहा छ
बस्ने गोठ एउटै छ
खाने घाँसको टाट्नो एउटै छ
चर्ने चउर एउटै छ
खेल्ने मैदान एउटै छ
द्वन्द गर्नु हुन्न

तर
ख्यालख्यालको खेल हैन
साँच्चै जुध्छन्
जुध्दा जुध्दै गोठ भत्किएपछि
शीतको मैदानमै रात काट्नु पर्छ
राम्ररी थाहा छ
पशु जस्ता ती मान्छेलाई

गोठ नै भत्किएपछि
आगो ताप्ने मुढा हुँदैनन्
भोक बाल्ने चुलाहरू हुँदैनन्
तैपनि जुध्छन्

बुढा गोरुजस्तै मान्छे जुधेपछि
ठुला गोरुजस्तै मान्छे जुधेपछि
युवा गोरुजस्तै मान्छे जुध्छन्
बाच्छो बाच्छी जस्तै मान्छे जुध्छन्

शान्तिको गोठ रणमैदान बन्छ

मजबुत घरमा जस्केला थपिन्छन्
मुल ढोकाबाट निस्किएर
जस्केलाबाट भित्र पसेर जति जुधेपनि
सिङ छैन भाँचिदैन
हार मात्र छ

जित्ने त लडाउने मान्छेले हो
बारम्बार ठोकिने आफ्नो टाउको मात्र हो
आफ्नै भाग्य मात्र हो

कहिले काही ठोकिन्छ मुख
मुख ठोकिएर ओठ च्यातिएपछि
भाँचिन्छ दाँत
र देखिन्छ थोते अनुहारमा
द्वन्दको
बीभत्स फल।

वि.सं.२०८२ वैशाख २७ शनिवार ०८:११ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...