back

कविता : त्यो प्रेम नै हो

वि.सं.२०८२ वैशाख २७ शनिवार

609 

shares
IME Limited
NTC AD

नीता गुरुङ, असम भारत

जहाँ प्रेम हुन्छ
त्यहाँ नै सुन्दर
जीवनकै सागर बग्छ
ईश्वरको बास पनि
त्यहीँ नै हुन्छ ।
आफन्तसँग मात्र होइन
परायासँग पनि
अटूट र प्रगाढ सम्बन्थ
जोडिँदै जान्छ ।
हो ! यो प्रेम नै हो,
जसको कल्पना मात्रले
मन प्रफुल्लित भई आउँछ ।
प्रेम विहिन मानव
नीरस, निर्जीव समान हुन्छ
प्रेम नै हो जसले
नीरसता जीवनमा
मिठो रसको संचार गर्छ
निर्जीव प्राणीमा
प्राणको संचार गर्छ ।
प्रेम नै हौ,जसले
बिर्सेकोलाई पनि
सम्झनामा ल्याउँछ ।
मनुष्य जीवनमा
प्रेम ईश्वरको मनोरम
देन हो
प्रेम बिनाको जीवन
मृत्यु समान हुन्छ ।
प्रेम नै राधा हो
प्रेम नै किसन हो ।

वि.सं.२०८२ वैशाख २७ शनिवार ०८:१३ मा प्रकाशित

गजल प्रवर्द्धन केन्द्रको औपचारिक घोषणा र संयुक्त गजलसङ्ग्रह साधनाको विमोचन

गजल प्रवर्द्धन केन्द्रको औपचारिक घोषणा र संयुक्त गजलसङ्ग्रह साधनाको विमोचन

काठमाडौं । नेपाली गजललाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने अठोटका साथ हालै स्थापना...

अनेसास अफ्रिका च्याप्टरको बाल कविता क्यालेन्डर लोकार्पण

अनेसास अफ्रिका च्याप्टरको बाल कविता क्यालेन्डर लोकार्पण

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्यापटरले प्रकाशन गरेको...

लघुकथाः पुरस्कार

लघुकथाः पुरस्कार

वसन्त अनुभव,घोराही–१४, दाङ पहिले कहिल्यै नबोल्ने उनी, प्रतियोगिताको सूचना देखेर...

गजल

गजल

हरि प्रसाद पौडेल 'स्वर्ण शिखा',दाङ सिकारी बनेछन् पुजारी, नभन्दै चले...

चारु

चारु

पवनकुमार बुढाथोकी, काठमाडौं कतिञ्जेल बोकी रहन्छौ अर्काको झोला यस्तै ताल...

चारु

चारु

नवराज भट्ट,कञ्चनपुर जनताले सडकमा आगो बाल्न थाले उत्तेजित पार्दै फेरि...